काठमाडाैं, २० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाेल्पामा भएकाे सवारी दुर्घटनामा परि ज्यान गुमाएका १० जनाकाे निधन भएकाे घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । साथै उनले घाइते दुर्इ जनाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

डोल्पाको सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप आज ठूलीभेरी नगरपालिका वडा नं. ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको थियाे । भने दुर्इ जना घार्इते छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरू सबै त्रिपुरासुन्दरी नगरपालिकाका बासिन्दा हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्