कार्तिक, १६ । नेपाली कांग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ ।

चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरिरहेका छन् ।

हरेक वर्ष विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको चियापान यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनको १३औँ दिन नपुगेकाले आज गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेता बास्तोलाको गत असोज २७ गते निधन भएको थियो ।

अाजकाे चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएकोमा अहिले ५० हजार भन्दा बढीकाे उपस्थिति भइसकेकाे छ । चियापान कार्यक्रम साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा जारी रहने छ ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान तथा जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्