अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा सैन्य हेलिकप्टर दुर्घटनाको शिकार भएको छ । टोलो न्यूजका अनुसार, सैन्य हेलिकप्टरमा २५ जना सवार थिए । यो दर्दनामक घटनामा सबै २५ जवानको मुत्यु भएको छ । उक्त हेलिकप्टरमा फराह प्रान्तिय परिषदका सदस्य र जफर सैन्य कोर अधिकारी पनि सहभागी थिए ।

प्रान्तीय गर्भनरका प्रवक्ता नासिर मेहदीले बताए कि हेलिकप्टर पर्वत अनार दारा जिल्लाको नजिकको हेरात प्रान्तको लागी छुटेपछि करीब ९ बजेर १० मिनेटमा दुर्घटनाग्रस्त भएको हो ।

जफर सैन्य कोरका प्रवक्ता नजीबुल्लाहले बताए अनुसार, घटनामा कुनै ब्यक्ति पनि बाच्न सफल नभएको जनाए । उनका अनुसार २ वटा हेलिकप्टर एक–दोस्रोको अगाडिबाट गुज्रिरहेका थिए तब यो दुर्घटना भएको छ जसमा एउटा विमान दुर्घटनाग्रस्त भयो । उक्त विमानमा फरार प्रान्तिय परिषदका सदस्य र जफर सैन्य कोर अधिकारी सवार थिए । प्रवक्ताले दुर्घटना स्थलमा राहत तथा बचाउ टोली पुगीसकेको बताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्