सर्लाही, १३ कात्तिक २०७५ । सर्लाहीका माओवादी नेता शिवपुजन रायले काङ्ग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई पार्टी परित्याग गर्न दबाब दिँदा नमानेपछि गोली प्रहार गराएका छन् ।

शिवपुजनको नेतृत्वमा भएको आक्रमणमा परी आज (१३ कात्तिक मंगलबार) विहान काङ्ग्रेस कार्यकर्ता रामविलास महतोको ज्यान गएको छ ।

रामनगर गाउँपालिका वडा नं. ४ का निर्वाचित अध्यक्ष रामनरेश महतो गम्भीर घाइते भएका छन् । महतोको खुट्टा पनि भाँचिएको छ ।

घटनामा करिव १० जनालाई शिवपुजनका ‘लठैत’हरूबाट चलाइएको गोली लागेको छ । गोली लागेर घाइते हुनेहरुमा महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो र मुकेश कुमार कुशवाह रहेका छन् । यी घाइतेहरुलाई अस्पताल नलगिएको बुझिएको छ ।

नेपाली काङ्ग्रेसका युवा नेता डा. अमरेश कुमार सिंह निर्वाचित क्षेत्रमा ‘माओवादी’ नेता शिवपुजन राय यादवले काङ्ग्रेस समर्थकहरूलाई पार्टी छोडाउने अभियान चलाएका छन् ।

काङ्ग्रेस छोड्न नमान्नेहरूलाई गृहप्रशासन लगाएर दुःख दिने, हातपात गर्ने र गोलिसमेत प्रहार गर्ने काम शिवपुजनबाट हुँदै आएको छ । घटनामा प्रहरीको भूमिका मूकदर्शक रहेको बताइएको छ ।

विहान रक्तपातपूर्ण घटना भएलगत्तै गृहमन्त्री रामबहादुर थापा बादलले टेलिफोन गरी सांसद अमरेश कुमार सिंहलाई घटनास्थलमा नजान चेतावनी दिएका छन् । तर, सांसद सिंह नगएसम्म लास नउठ्ने स्थिति भएकोले सिंह भने गृहमन्त्रीको चेतावनीविपरीत घटनास्थलतर्फ लागेका छन् ।

सर्लाहीमा अर्को भीडन्तको सम्भावना रहेको समेत बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्