रामेछाप । अरिङ्गलले टोकेर घाइते भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिकाका तीनजना बिरामीलाई नेपाली काँग्रेसका नेता तथा रामेछाप जिल्लाबाट गत प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले हेलिकप्टबाट उद्धार गरेका छन् ।

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका ४ प्रिति बस्ने एकै घरका तीन जनालाई आइतबार बिहान घर नजिकै बारीमा काम गर्न जाने क्रममा अरिङ्गलले टोकेको थियो । घर नजिकै बारीमा घाँस काट्न थालेकी सासु बुहारी र नातिनी अरिङ्गालको टोकाईबाट घाइते भएका उनिहरुलाई नेता तामाङले आजै प्रभु एयरलाइन्सको हेलिकप्टबाट उद्धार गरेका हुन् । अरिङ्गलको टोकाइबाट सासु, बुहारी र नातिनी घाइते भएको जानकारी प्राप्त भए पछि नेता कान्छाराम आफैँ हेलिकप्टर लिएर तत्काल घटनास्थलमा पुगेका थिए । उनले तीनै जनालाई उपचारको लागि काठमाडाैँको केएमसी अस्पतालमा भर्ना गरेका छन् ।

घाईते हुनेमा ५० वर्षिया सासु जित माया कार्की, २६ वर्षिय बुहारी कमला कार्की र ७ वर्षिया नातिनी जेडिषा कार्की रहेका छन् । उनिहरुमध्ये बारीमा काम गर्दै गरेकी सासु जित मायालाई घर नजिकै रुखमा रहेको अरिङ्गलको गोलो खनिएर टोकेको थियो । अरिङ्गलको टोकाइबाट सासु चिच्याएको थाहा पाए पछि बुहारी कमला र नातिनी जेडिषा तत्काल घटना स्थलमा पुगेको र उनिहरुलाई पनि अरिङ्गलले टोकेको थियो ।

अरिङ्गलको टोकाइबाट घाइते भएका तीन जना मध्ये सासु तथा बुहारको अवस्था चिन्ताजन रहेको र नातिनी जेडिषाको अवस्था सामन्य रहेको इलाका प्रहरी कार्यालय प्रितिका प्रहरी सहायक निरीक्षक प्रेम कुमार मिश्रले जानकारी दिए ।

हाल सम्म कुनै पनि सार्वजनिक पदमा नपुगेका नेता तामाङले अफ्टेरोमा परेका दुर्गम गाउँका सुत्केरी, असहाय र विभिन्न दुर्घटनामा परेर गम्भिर घाइते भएको सर्वसाधारणलाई यस अघि पनि पटक-पटक हेलिकप्टर मार्फत उद्धार गरी उपचारमा सहयोग पुर¥याउँदै आएका उनका स्वकिय सचिव सुरेस सुवेदीले जानकारी दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्