कतार, ११ कात्तिक २०७५ । स्वास्थ रहन सहरसफाइ र बाताबरण स्वस्थ राखौ भन्ने मुल नाराका साथ नेपाली मुस्लिम समाज कतारले कतारको नगरपालिका को स्वीकृतिमा ओक्राको फेमेली बिच समुन्द्र तटमा सहर सफाइ कार्यक्रम सम्मपन्न गरेको छ ।

उक्त सहरसफाइ कार्यक्रममा नेपालको लियो क्लब का अध्यक्ष चान्द बाबू इराकी ,समाजसेवी तथा नेकपाका युवा नेता बिबि खराल ,नेकपाका नेता तथा समाजसेवी रामहरि गैरे ,समाजसेवी दोहाका सागर नेपाल लगाएत दुई सय नेपाली युवाहरुले बिहानको ८ बजे देखि ११ बजे सम्म बिच सफाइ गरेका हुन ।

नेपाली मुस्लिम समाजका उपाध्यक्ष इस्माइल पन्त ले कतारमा रहेका नेपालीहरु कतारको सम्मान र कतार प्रती बफादार रहेको भन्दै बाताबरण सफाइमा ध्यानाकर्षण गराएका थिए । त्यस्तै नेपाली मुस्लिम समाजका अदालत इन्जिनियर मोहम्मद अयुब हकले नेपाली मुस्लिम समाज कतारको बाताबरण सहरसफाइमा अभियानमा उपस्थित जनाउने सम्पूर्ण लाई हार्दिक धन्यवाद दिदै आफू आफ्नो घर समाज र बाताबरण सधै सफा राखौ र स्वस्थ बनौ भन्ने मुल नाराको साथ आफुहरुले बिश्वमा नयाँ संदेश दिन चाहेको बताए ।

अध्यक्ष इन्जिनियर मोहम्मद अयुब हकले हामी जहाँ जुन देशमा बसेका छौ त्यो देशको सम्मान गरौ र नेपाल र कतार बिचको सम्बन्ध लाई प्रगाढ बनाउने र नेपालीहरुपनी कतारलाइ माया गर्ने संदेश दिन खोजिएको बताएका छन । उक्त कार्यक्रममा सन २००० बाट बिश्व साइकल यात्रामा निस्केका बिश्व साइकल यात्री यासिन मामाले चिनिने गैंडाकोट १० निवासी खगराज खत्री पनि उपस्थित जनाउदै आफू पनि नेपाल लाई बिश्व सामु चिनाउन सन २००० हजार बाट बिश्व साइकलमा हिडेको र केही समय कतार बसेका यासिन मामा खग राजले बिश्व भाइ बन्धुत्त्वको र शान्तिको लागि आफ्नो यात्र पुनः जारी रहेको बताउदै यहि डिसेम्बरबाट टर्की हुँदै युरोप अमेरिका बाकिका देशमा भ्रमण रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा नेपाल देखि आएका लियो क्लब नेपालका अध्यक्षले बाताबरण र समाज सफाइ आजको आवश्यकता भएको भन्दै नेपाली मुस्लिम समाजले राखेको बिच कार्यक्रमको प्रशन्सा गर्दै यो अभियान नेपालमा गएर आफुले पनि आफ्नो घर र समाज बाट चलाउने बताएका छन । उक्त कार्यक्रममा रहेका समासेबी तथा नेकपाका नेता पुर्ब एमाले कतारका अध्यक्ष समेत रहेका नेता रामहरि गैरेले नेपाली मुस्लिम समाजकतारको प्रशन्सा गर्दै भने नेपाली मुस्लिम समाज कतारले बिगत एक दशक भित्र राम्रा राम्रा कार्यक्रम गरेर नेपाली समाज र कतार सरकारको ध्यानाकर्षण गराकोमा खुसी ब्यक्त गरेका छन ।

त्यस्तै समाजसेवी सागर नेपाल द्वारा नेपाली समुदाय को अभिङ्ग समुदाय नेपाली मुस्लिम समुदाय प्रती धन्यवाद ब्यक्त गर्दै यस समाज बाट अरुले पनि केही सिक्न पर्ने बताएका छन ।समाजका माहसचिब अफ्सर खान अलिले समाजको कार्यक्रमको बारेमा सम्पुर्ण लाई जानकारी गराएका थिए भने प्रबक्ता मेहताब आलाम ,पुर्ब अध्यक्ष अब्दुल हफिज मियाले कार्यक्रम को सम्मान गर्दै नेपाली मुस्लिम समुदाय शान्ती प्रियको समुदाय भएको बताएका थिए भने संरक्षक साकिर अलिले उपस्थित सम्पुर्ण लाई धन्यवाद दिदै यस्ता कार्यक्रम अझै गरिने बताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्