गोरखा, राज्य एकीकरणको उद्गम स्थल भएको कारण गोरखाको नाम अग्रस्थानमा नै रहेको छ । गोरखा जिल्ला नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने  जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला हो । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ ।

यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको भध्ये १ नगरपालिका हो पालुङ्टार नगरपालिका ।

एतिहासिक नगर पालुङ्गटार नगरपालिकाले पर्यटन विकासलाई बिशेष जोड दिदै अघि बढ्ने क्रम जारी रहेको छ । स्थानीय तहको निर्वाचन पश्चात गाउँ तथा वस्तीहरु बिकाशको अपेक्षा गरिरहेका जनताहरुको मनोभावनाको कदर गर्दै पालुङ्टार नगरपालिकाले  ४० फिट अग्लो राष्टिय झण्डा पालुङटार नगरपालिकाको वडा न २ स्थित लिगलिग कोटमा झण्डा राखिने भएको छ ।

पर्यटन क्षेत्र विकासका लागि विगतमा प्रयास भने नभएका होइनन् । थुप्रै योजनाहरु बनेका छन् तर त्यसको कार्यान्वयन पाटो फितलो हुदा अलपत्रै भएका देखिन्छन् । पालुङ्टारबासीहरुको आशाको किरण पलाएको देखिन्छ । पालुङटारमा ‘स्पोर्टस् टुरिजम’ दौडमा जीतेर राज्य जित्ने गरेको प्रथालाई निरन्तरता दिँदै लिगलिगकोटमा अहिले पनि यहि असोज २८ गते १ वर्ष का लागि राजा चुन्ने लिगलिगे दौडको तयारी अन्तिम चरणमा पुगेको लिगलिगकोट विकास अभियानका अध्क्षय पूर्ण थापाले जानकारी दिनुभयो ।

उक्त ४० फिट अग्लो राष्टिय झण्डा असोज २७ गते शनिबार “लिगलिग कोट” मा गाडिने भएको छ | शिक्षा र स्वास्थ्यसंगै नगरपालिकामा भएको कोट तथा तालको संरक्षणका साथै स्तरउन्नति गर्ने आन्तरिक तथा बाहय पर्यटन तथा खेलकुद बिकासको लागि गुरुयोजना बनाएर अगाडी बढ्ने यसका लागि बिशेष पहल गरिने पालुङ्टार नगरपालिकाका नगर प्रमुख ई.दीपक बाबु कंडेलले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्