काठमाडौं असोज १७ । नेपाली काँग्रेस ६ नं इकाई समितिले काठमाडौं महानगरपालिका वडा नं ६ बौद्द स्थित कुशल पार्टी प्यालेसमा लौह पुरुष गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम पूर्व सहकारी मन्त्री अम्बिका बस्नेतले नेपाली काग्रेसमा प्रवेश गर्नेलाइ स्वागत र शुभकामना ब्यक्त गरेकी थिइन् ।उनले लौह पुरुष गणेशमान सिंहले पार्टीमा पुर्याएको चर्चा गर्दै नेपाली कांग्रेसले नेपालको प्रजातन्त्रलाई संस्थागत गर्ने मात्र नभएर मुलुकको विकास र जनताका पिर मर्का समेत सम्बोधन गर्ने पार्टी भएको बताइन।

उनले नेपाली काग्रेसले प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र ल्याउन खेलेको भूमिकाको चर्चा गर्दै उक्त उपलाब्धि प्राप्तिको लागि हजरौ हजार सहिद भएर नेपालीलाई अधिकार सम्पन्न बनाएको बताइन। उनले देशमा पछिल्लो समय बढ्दै गएको महिला हिंसा, हत्या, बलात्कार जस्ता घटना बढ्दै जाँदा सरकार सम्बेदनशील हुन नसकेको बताइन ।

उनले मुलुकमा दिनदिनै नागरिकहरु असुरक्षित रहेको र मुलुकमा हत्या अपहरण जस्ता अपराधिक गतिबिधि बढ्दै जानु दुखद् भएको बताइन।

उनले अहिले जनतामा निराशा छाएको बताइन। उनले काग्रेस पार्टीमा प्रवेश गरेको हरुलाई स्वागत गर्दै राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरुप संघीय लोकतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था, तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण, गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकास गर्ने उद्देश्य बोकेको नेपाली कांग्रेस सबैभन्दा पुरानो राजनीतिक दल भएको बताउदै त्यसको नीति सिद्दान्त भित्र रहेर जनताको सुख दुखमा साथ् दिदै अघि बढ्न आग्रह गरेकी थिइन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्