सियोल, दक्षिण कोरिया, असोज १६

दक्षिण कोरियाले करार अवधि सकिए पनि गैरकानुनी काम गरिरहेका विदेशी कामदारलाई ६ महिनाभित्र देश छाड्न आदेश दिएको छ । दक्षिण कोरियाली सरकारले गैरकानून रुपमा कार्यरतबिदेशी कामदारलाई आफ्नो मुलुक छाडन ६ महिनाको समयसीमा तोकेको हो ।

दक्षिण कोरियामा ३ लाख ३५ हजार भन्दा बढी बिदेशी कामदार गैरकानुनी ढंगबाट बसिरहेको अनुमान छ । करिव २ हजारको संख्यामा नेपाली कामदार अबैधानिक रुपमा कोरियामा बसिरहेको अनुमान छ । नेपालीलगायत सवै बिदेशी उनीहरुलाई आगामी सोमबारबाट वैधानिक हुन आग्रह गर्दै देश फर्किन ६ महिनाको समय तोकिएको कोरियाली सरकारको निर्णय उधृत गर्दै अन्तराष्ट्रिय समाचारएजेन्सीहरुले जनाएका छन ।

तोकिएको समयभित्र वैधानिक नभए वा स्वदेश नफर्किएमा त्यस्ता कामदारलाई १० वर्षसम्म कोरिया प्रवेशमा रोक लागाउनेसम्मको सजाय दिन सक्ने न्याय मन्त्रालयलाई उद्धृत गर्दै द कोरियन टाइम्स’ले जनाएको छ । न्याय मन्त्रालयका अनुसार अनुसार राहदानीको अवधि सकिए पनि लुकिछिपी कोरियामै बसेर काम गर्ने कामदारको संख्या बढ्दै गइरहेको छ । सोही कारण सरकारले बैधानिक हुन वा दआफ्नो मुलुक छाडन सो समय दिएको हो ।

न्याय मन्त्रालय अन्तर्गत खोज तथा प्रवर्तन विभागका अनुसार कोरियामा अवैधानिक ढंगले सन् २०१६ मा २ लाख ८ हजार ९७१ गैरकानुनी प्रवासी रहेका थिए। २०१७ मा यो संख्या बढेर २ लाख ५१ हजार ४१ पुगेको थियो। यस्तै यसै वर्षको अगष्ट महिनासम्म यो संख्या थपिई ३ लाख ३५ हजार ४ सय ५५ पुगेको तथ्यांक सार्वजनिक गरिएको छ।

गैरकानुनी तरिकाले काम गर्दै आएका कामदारका कारण त्यहाँ रोजगारी सन्तुलन बिग्रिँदै गए पनि सरकारी अधिकारीहरुले देश निकाला गर्न सकेको स्थिति छैन। सरकारी अधिकारीहरुले निर्माणस्थल, बार र प्रवासीहरुले काम गर्ने अन्य स्थलको अवलोकन गरे पनि वार्षिक ३० हजारभन्दा बढीलाई देश निकाला गर्न सकेको छैन।

आप्रवासी विभागका अनुसार काम गर्ने ठाउँमा गएर पुलिसले गरेको धरपकड असफल भएपछि गैरकानुनी रुपमा रहेका प्रवासीलाई अतिरिक्त समय प्रदान गरिएको हो। कोरियाका न्यायमन्त्री पार्क सान किले थाइल्याडका श्रममन्त्री अब्दुल संगसिग्कोसँग दक्षिण कोरियाको राजधानी सियोलमा भेट्ने क्रममा उक्त कुरा बताउनु भएको हो ।

सान किले थाइल्याडको गैरकानुनी प्रवासी कोरियामा बढ्दै गएको विषयमा थाई समकक्षीसँग चासो व्यक्त गर्नुभएको थियो । उहाँले थाइल्याडलाई अनधिकृत रुपमा कोरियामा प्रवासी पठाउने एजेन्टलाई प्रक्रिने विषयमा सहमति गर्न समेत आग्रह गर्नुभएको छ ।

न्यायमन्त्री पार्क सानले कोरियामा अनधिकृत रुपमा प्रवासी पठाउने देशमा थाइल्याड, रसिया, काजकिस्तान लगायतका देश रहेको भन्दै यस विषयमा कोरियले हेक्का राखेको जनाउसमेत दिनुभएको समाचार एजेन्सीले जनाएको छ । गैरकानुनी प्रवासी पठाउने देशसँगको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न हुन सक्ने चेतावनी समेत उहाँले दिनुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्