काठमाडौं, ९ असोज २०७५ । अभिनेता खगेन्द्र लामिछाने अभिनित फिल्म ‘जय भोले’ दशैंको फूलपातीबाट प्रदर्शनमा आउने भएको छ ।

लामो समयदेखि प्रदर्शन मिति घोषणा गर्न आनाकानी गरिरहेको फिल्म निमार्ण युनिटले असोज ३० मा प्रदर्शन मिति तोकिएको हो ।

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा–३’ र अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’ दशैं लक्षित भएर प्रदर्शन तयारीमा लागे पनि दुइवटै फिल्मका लागि प्रदर्शन मिति तय गर्न सकस देखियो । दशैंलाई केन्द्रमा राखेर एक साथ प्रदर्शनमा ल्याउने होडका कारण यसअघि फिल्मको प्रदर्शन मिति तय हुन सकेको थिएन ।

तर, केहीदिन अघिको दुई फिल्म युनिटबीच भएको आपसी समझदारीपछि फिल्म छुट्टाछुट्टै मितिमा आउने निश्चित भएको हो । साेहीअनुसार फिल्म ‘छक्का पञ्जा’ घटस्थापनाबाट र ‘जय भोले’ फूलपातीबाट प्रदर्शनमा अाउनेछ ।

फिल्म ‘जय भोले’ ले मंगलबारबाट पोष्टर पनि सार्वजनिक गरेका छ । अभिनेता खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सौगात मल्ल मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कालकार सालोन बस्नेत, राजाराम पौडेल, बुद्धी तामाङ लगायतको अभिनय रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्