काठमाडौँ, असोज ३ । नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अघिल्लो बर्षहरुको सर्बाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को सिक्वेलमा बनेको फिल्म ‘छक्का पञ्जा ३’को पोस्टर संबिधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ l

यस अघि फिल्मको गीतहरु ‘पहिलो नम्बर’ र पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ” सार्वजनिक भइसकेको छ । पोस्टरमा फिल्ममा मुख्य भूमिका निर्वाह गरेका सबै कलाकारहरुको अनुहार समेटिएको छ ।

फिल्ममा मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउत लगायतका कलाकारले मुख्य भूमिका निभाएका छन् ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्