पालुङटार, आश्विन २ गते मंगलबार । पालुङटार नगरपालिका-५ स्थित बौद्ध हिमाल युवा क्लबको आयोजनामा “बौद्ध हिमाल मेला २०७५” सम्पन्न भएको छ । पालुङटार नगरपालिकको कार्यालय, वडा नं. ३, ४ र ५ को सयुक्त रुपमा संस्कृतिको संरक्षण र प्रर्बद्धन गर्ने उदेश्यले आयोजना गरिएको उक्त मेलामा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

पालुङटार नगरपालिकाका मेयर ई. दीपकबाबु कंडेलको प्रमुख आतिथ्यतामा, वडा नं. ३, ४ र ५ का वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रमुख, जेष्ठ नागरिक, समाजसेबी, विभिन्न संघ संस्थाका प्रमुखहरुको आतिथ्यतामा कार्यक्रम समापन भएको थियो ।

“विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरु पारेर क्लबले आयोजना गरेको कार्यक्रममा पुरस्कार वितरण, वडा कप फुटबलको पुरस्कार वितरण, युवा सप्ताहको पुरस्कार वितरण, तीज गीत प्रतियोगिता, बौद्ध हिमाल युवा क्लब सम्मान २०७५ जस्ता कार्यक्रमहरु राखिएको थियो ।”

हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगितामा “अबको आबश्यकता : कृषीमा आधुनिकता र उद्यमशीलता” शिर्षकको तीज गीत प्रतियोगितामा प्रतियोगिहरुले गीत मार्फत आफ्नो सन्देश मुलक विचार प्रस्तुत गर्नुभएको थियो ।

तीज गीत प्रतियोगितामा युनाईटेड बाल क्लब ले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी, ब्लू स्टार युवा क्लब ले द्धितीय स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी , युनाईटेड ईङिग्लस बोर्डिङ स्कुल ले तृतिय स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी, ठाँटिपोखरी बाल ज्योति ईङिग्लस बोर्डिङ स्कुलले सान्तवना स्थान हासिल गर्न सफल भएको थियो  ।

कार्यक्रममा बोल्दै विशेष अतिथि वडा नं. ५ का वडा अध्यक्ष दिपक पाण्डेले रेमिट्यान्सलाई कृषीको अधुनिकरणमा जोडेर मात्र सम्बृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

त्यसैगरी  युवा सप्ताहको विजेता तथा २०७५ को उत्कृष्ट स्कुल युनाईटेड ईङिग्लस बोर्डिङ स्कुललाई पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले ट्रफी वितरण गर्नु भएको थियो ।

अविरल वर्षाका कारण बौद्ध हिमाल युवा क्लब सम्मान २०७५ लगाएत पुरस्कार वितरण, प्रायोजकहरुलाई प्रमाण पत्र वितरण, मायाको चिनो वितरण जस्ता कार्यक्रम बाँकी नै रहेको क्लबका अध्यक्ष किरण गिरीले जानकारी दिनुभयो ।

शुभ बिजया दशमी २०७५ को पूर्व सन्ध्यामा बाँकी रहेका कार्यक्रमलाई औपचारिक रुपमा कार्यक्रमको आयोजना गरी वितरण गरिने आयोजकले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्