“धेरैले बुझेकाे हुनुपर्छ कि मलसाप्राेले बच्चा जन्माउछ,खाना खुवाउछ,बढाउछ र सिकार खेल्न सिकाउछ, तर विडम्बना ! बच्चाहरुले सिकार मार्ने काम काे सुरुवात अाफ्नै अामा लाई मारेर गर्छन् ।”

कर्णाली प्रदेश, बिगत र वर्तमान, नाग राजले स्थापना गरेकाे खस साम्राज्य (कर्णाली प्रदेश सिंजा साम्राज्य पनि भनिने ) अशाेक चल्ल, जितारी मल्ल ,पुण्य मल्लसम्म अाउदा केदार खण्ड (कुमाउ गडवाल) देखि त्रिशूलीसम्म विस्तारकै क्रममा रह्याे । यहि क्रममा काठमाडौ उपत्यकामा अाठ पटकसम्म अाक्रमण गरेकाे कुरा इतिहासकार लेख्दछन ।

गाउपिच्छे राज्य र राजा रहेकाे तत्कालिन नेपालमा एकीकृत कर्णाली राज्य निर्माण गर्ने जस्ताे चुनाैतीपुर्ण काम कर्णाली प्रदेशले सम्भाभा संम्भब बनायाे । केदारखण्डदेखि त्रिशूलीसम्म एक मुष्ट राज्य दियाे । ९ अाैं शताब्दीदेखि बिक्रम काे १३अाैं शताब्दीसम्म कायम रहेकाे खस साम्राज्य (कर्णाली ) राज्य मात्र स्थापना गरेन बरु त्यससंग सम्बन्धित रितिस्थिति ,कानुन,शासन,प्रशासन ,सस्कृति समेत निर्माण गर्याे जसमा टेकेर अाजकाे नेपाल संचालित भएको छ ।

राज्य ब्यबस्था

शक्तिशाली केन्द्रीय सत्ता-बलियाे केन्द्रीकृत शासन निर्माण गरी विकेन्द्रित सामन्ती सत्ता निर्माण गरियाे : जस्तै-गण्डकी प्रदेश । गण्डकी प्रदेशका गाेर्खा,लमजुङ,कास्की,पर्वतका मगर,गुरुङहरुले सामन्त मुखियाकाे रुपमा काम गर्दै अाए (अाज उनीहरु ठकुरिमा रुपान्तरण भएकाछन भनिन्छ )। कर्णाली केन्द्रीय शासनकाे मातहतमा रहेका मगर सामन्तहरु साम्राज्य काे विघटन पछि स्वतन्त्र राज्य र राजा घाेषणा गरे।

मगरात-मगरात मा “राजा अरमुडि”सामन्त काे भुमिमा रहे । त्यस्तै गण्डिगुल्मा निवासि “सुवर्णकार श्री राणक मगर”,गंग राणक लम्जुङ ,श्ी साहेव राने अादि सबै स्थानिय सामन्तकाे रुपमा काम गरेकाे इतिहासकार बताउछन ।

केदार खण्ड-कुमाउ-गडवालका सामन्तलाई साम्राज्यकाे स्थानिय शासन चलाउने जिम्मा दिइएकाे थियाे । खारी प्रदेश (तिव्वत) मा पनि लामाहरुलाई स्थानिय सत्ता चलाउन जिम्मा थियाे ।

मुख्य केन्द्रमा साम्राट रहेर मातहतमा महामात्य (प्रधानमन्त्री ) अमात्य (मन्त्री ), साना राज्यमा महा मण्डलेश्वर (मुख्य मन्त्री ) मण्डलेश्वर (राज्यका मन्त्र ) साथै स्थिए स्तरमा महतारा,अधिकारी,अडै,राज्व अधिकारि(कर कि कार्कि) अादि प्रशासनिक पद स्थपना गरि ब्यवसथित गरिएकाे थियाे ।

सैनिक ढाचा-सेनाकाे सर्वाेच्च कमान्डर सेनापति राजा रहि राज कुमारलाई पनि सेनाकाे जिम्मेवार दिएकाे थियाे । सेनाकाे संरचनामा खड्गधारी  पैक्याला (खड्का) कमान्डमा ब्रिगेड बनाइएकाे थियाे, जसमा क्रमश : खड्का,राना,बुढा,बुढाथाेकी र थापा (गुप्चर सबै थाहा पाउने) सैनिक दर्जा र संरचना खडा गरिएको थियो । अावश्यकतामा  केन्द्रित गरिने सेना अन्य अवस्थामा विकेन्द्रित रहने गर्दथ्यो ।

कर प्रणाली-ब्यापार, पशु कर, झ्यापा गुफ्या (काठ दाउरा) कर, मानु, मठाे, उहाराे (गाउमा उठाउने अन्न), बेठ बाउलाे (ज्याला विनाकाे श्रम), रुवाे(कपास काे) कर,सुताे (धागाे ) कर, कट्के कुद (लडाईका लागि लाग्ने अनिवार्य) कर, तरकारी ,फलफुल,,दहि घ्यु , महमा लाग्ने कर लगायत ३६ प्रकारका कर निर्धारण गरिएकाे थियाे । यसका साथै दण्ड विधान समेत ब्यबस्थित बनाए भन्ने बुझिन्छ ।

व्यापार-व्यवसाय , अन्तर्राष्ट्रिय संम्बन्ध, कुटनिती लगायत सबै व्यवस्थित गरी प्रभावकारी कार्यन्वयन गरिएकाे कुरा इतिहासकार प्रा.डा सुर्यमणि अधिकारी लेख्दछन् ।

अव्यवस्थित तत्कालीन नेपाली समाज र राज्यलाई यहासम्म पुर्याउने कर्णाली नै थियाे । बि.स २०४७ सालकाे संविधान र त्यस द्वारा निर्देशित नेपाल शासन-प्रशासनका ढाचा, सैन्यसंरचना र कमाण्ड , करप्रणाली र दण्ड विधान, व्यापार-व्यवसाय र उत्पादन, भाषा- साहित्य , भेषभुषा, संस्कृति र धर्म\धार्मिक सहिष्णुता, बैदेशिक नीति र कुटनिती सबै कर्णाली (खस साम्राज्य ) बाट ल्याएर लागू गरिएकाे छर्लङ्ग भएको  छ । यति मात्रै हाेईन. अाज नेपालमा रहेकाे ठुलाे समुदायकाे जात,थर र देवतासमेत कर्णालीले जन्माएको हो । नेपालका खस अार्यका बाहुनका थर कर्णालीका गाउँका नामबाट र क्षेत्रीका थर सरकारी पदबाट बनेका छन् । जस्तै

बाहुन-धिता=धिताल, पाण्डुसेरा=पाण्डे , सिन्जा =सिजापति, चाैडिलागाउ=चाैलागाई, प्याकुरि=प्याकुरेल, सिंमखाडा=सिंखडा, (जुम्लाका गाउ)

तिमिल्सैन=तिमिल्सेना, घमिराउ=घिमिरे, देवकाेट=देवकाेटा, ढुंगानि=ढुंगाना, ढाँकु=ढकाल, वजगाउ=वजगाई,

रिमा=रिमाल, पुडासैन=पुडासैनि, धमालि=धमला, कुईका=कुईक्याल, चाल्सा=चालिसे, वाराला=वराल,(यी सबै अछाममा पर्छन)

रेगम=रेग्मी , साेत=साेति, खार=खरेल, सुवेडा=सुवेदी , वयाना=वानिया,(बझाङ मा) जमकट्टि=जमरकटेल, खातिवाडा=खाति, (बाजुरा)

गाजरि=गजुरेल(वैतडि)

डाेटिखाेला=डाेटेल,निराैलि=निराैला, अाेझान=अाेझा, वाेगटान=वाेगटिर (डाेटिमा)

खनाया=खनाल, कालै गाउ=कल्याल,खत्याड=खतिवडा (मुगु)

लमाछान्नि=लामिछाने, बास्काेट=बास्काेटा, बास्ताेलि=बास्ताेला, साततला=सत्याल, लुयाटि=लुईटेल, चापागाँउ=चापागाई, नेपा=नेपाल, रिजु=रिजाल, पाेखरा=पाेखरेल, लम्सु=लम्साल, लम्जि=लम्जेल, दह=दाहाल , पराजुल=पराजुलि, काेईरालि=काेईराला,दवाडा=दवाडी , कट्टि=कट्टेल, भुषाकाेट=भुषाल गुरगाउँ=गुरागाई, माेडासैन=मरासैनि , भुर्ति=भुर्तेल (दैलेखमा)

गेला=गेलाल, बन्जाडा=बन्जाडे,(कालिकोट मा)

सर्पुकाेट=सापकाेटा,(रुकुम,)

रवाैरा=रजाैरिया,माझगाउ=मझगैया(दाङमा) अादि थर कर्णाली कै हुन् । त्यस्तै -ठकुराई=ठकुरि,  महत महतारा, कार्कि,खड्का, थापा, बुढा अादि सबै सरकि पदका थर हुन ।

अाज नेपालका पश्चिमदेखि पुर्व र उत्तरदेखि दक्षिणमा रहेका खस ब्रह्मण र क्षेत्रीहरु सबैकाे थर जातकाे उद्गम स्थान कर्णाली नै हाे । यी सबै १४ अाैं शताब्दीदेखि पश्चिमबाट पुर्वतर्फ बढेकाे बुझिन्छ यद्यपि धेरैले अाफ्नाे थात थलाे भुलेकाे भान हुन्छ ।

नेपालमा बाेलीने भाषा र भेषभुषा कर्णाली कै हुन ।

यतिठुलाे गाैरव बाेकेकाे र सिंगाे नेपाललाई यस स्थानमा पुर्याउने कर्णालीलाई “अामा मातृ” अथवा मातृ प्रदेश( mother state ) भन्दा इतिहासप्रति सम्मान र ईमानदारीता हुनेछ, तर एकीकरणपछि कर्णालीका याेगदान खाेसेर नेपालमा लागु गरियो र कर्णाली खाली  मात्रै बनाएन अपमान,असभ्य,पिछडिएकाे ,विपन्न र फाेहरीकाे पर्यायवाची कर्णाली बनाईयाे । केन्द्रीकृत शासन प्रणालीले कर्णाललाई गरेकाे  अपमान, दुर्व्यवहार र भेदभावले “मलसाप्राे ले अाफ्नै अामाकाे सिकार “गरेकाे भएन र ?

कर्णाली प्रदेशका ईतिहासका जानकार काली बहादुर मल्ल लेखक : रास्ट्रिय सभाका सांसद हुनुहुन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्