टोकियो, ३० भदौ, २०७५ । जापानको टोकियोमा यही सेप्टेम्बर १६ मा हुने अवार्डमा मनोनयनमा परेकामध्ये सर्वाधिक भोट पाउनेलाई लोकप्रिय अवार्ड प्रदान गरिने भएको छ । यस अघि नै काठमाडौँको र्याडिसन होटलमा पत्रकार सम्मेलन गरिसकिएको आयोजकले जनाएको छ ।

आज टोकियोमा पत्रकार सम्मेलन हुदैछ । नि:शुल्क अनलाइन भोटिङमार्फत विजेता छानिने जनाएका अवार्ड कार्यक्रमका आयोजक तथा सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले हालै मात्र अवार्डको टिकट विक्रि वितरणको सर्त र बन्देजहरु सार्वजनिक गराएका छन । अवार्ड कार्यक्रममा पाच हजार र दश हजार गरी दुई किसिमको टिकट रहेकोमा पाच हजारको टिकट दर रहेको टिकट बिधार्थीलाई लक्षित गरी बितरण गरिएको छ ।

कार्यक्रमलाई नेपाल सरकार सुचना तथा संचार मन्त्रालय, नेपाल टूरिजम बोर्ड र नेपाल चलचित्र विकाश बोर्ड लगायतका नेपाल सरकारका सरकारी निकायहरुको सहयोग र सहकार्य समेत रहेको छ । उक्त अवार्ड २०१८ यही सेप्टेम्बर १६ तारिक आईतबार ६ बजेबाट नाखानो जेरो हल, टोकियोमा आयोजना गरिने भएको छ । बृहत् सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने अवार्डका लागि जापान र नेपालमा तयारी तिब्र गतिमा भईरहेको छ । अवार्ड समारोहमा चार दर्जनभन्दा बढी कलाकर्मीसहित सञ्चारकर्मीको सहभागी रहने आयोजकले जनाएको छ ।
अवार्डको नेपाल संयोजन पत्रकारद्वय समीर बलामी, नरेश भट्टराई, संदीप क्षेत्री र जितु नेपालले गर्नुभएको हो ।

कर्पोरेसनले अवार्डको दोश्रो दिन सेप्टेम्बर १७ तारिक सोमवारका दिन ( सार्वजनिक बिदा ) भएकाले कलाकारको साथमा क्रुजमा कक्टेल पार्टीको आयोजना गरेको छ । जसमा जापानका सिमित प्रबुद्धबर्ग, व्यवसायी. संघसँस्थाका प्रमुख तथा प्रतिनिधि र आंशिक व्यक्तिहरुको साथमा ५ घन्टा नाचगानको साथमा खानपिन कार्यक्रम रहनेछ ।

अवार्डमा विधागत लोकप्रिय फिल्म, नायक, नायिका, सह-कलाकार महिला र पुरुषका साथै संगीततर्फ लोक, पप र आधुनिक गायक र गायिकाहरु रहेका छन् ।

मनोनयनमा लोकप्रिय फिल्मतर्फ ‘छक्का पञ्जा २’ सहित ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ र ‘कृ’ भिडेका छन् । त्यसैगरी नायकतर्फ अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का र दयाहाङ राईबीच भोटिङ प्रतिस्पर्धा हुँदा लोकप्रिय नायिकाको विधामा साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, पूजा शर्मा, शिल्पा पोखरेल र निता ढुंगाना भिड्ने भएका छन् ।

त्यसैगरी, उत्कृष्ट निर्देशकका लागि छक्कापन्जा २ बाट दीपाश्री निरौला, ए मेरो हजुर २ बाट झरना थापा, म यस्तो गीत गाउँछुबाट सुदर्शन थापा, लिलीबिलीबाट मिलन चाम्स, शत्रुगतेबाट प्रदीप भट्टराई प्रतिस्पर्धामा छन् । सम्पूर्ण कलाकारहरु आज टोकियो आई पुगिसक्नु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्