गोरखा, २६ भाद्र, २०७५ । बौद्ध हिमाल युवा क्लबको आयोजनामा “अन्तरास्ट्रिय युवा दिवस” को अवसर पारेर आयोजना गरिएको BHYC Youth Week अन्तर्गतको ६ वटा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । जसमध्य वादबिबाद प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, कबिता प्रतियोगिता, बक्तृत्वकला कला प्रतियोगिता, ट्रेजर हन्ट प्रतियोगिता र कोलाज मेकिङ प्रतियोगिता सम्पन्न भएको हो ।

निबन्ध लेखन प्रतियोगिता अन्तर्गत यूनाइटेड इङ्लिश बोर्डइङ स्कुलबाट उज्वल देवकोटाले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ । त्यसैगरी, भवानी मा.बि.बाट एन्जिला परियारले द्रितीय स्थान हासिल गर्न सफल हुनु भएको छ । त्यसैगरी ठाटीपोखरी बाल ज्योति इङ्लिश बोर्डइङ स्कुलबाट प्रिया श्रेष्ठले तृतिय स्थान हासिल गर्न सफल हुनु भएको छ । उक्त प्रतियोगितामा भाषा,शिल्प र संम्रचना, बिषयबस्तुको ज्ञान, तार्किकता, सृजनशीलता तथा मौलिकताका आधारमा प्रतियोगीताको छनौट गरिएको थियो ।

त्यसैगरी, वादबिबाद प्रतियोगितामा युनाइटेडका सुप्रीम गिरी, सुजल प्रधान र लक्ष्मण गिरीले प्रथम स्थान हासिल गर्दा कविता प्रतियोगितामा गोरखा मोडेर्नकि अस्मिता गुरुङको बाल अधिकार नामको कविता प्रथम हुन सफल भयो । “पालुङटारको बिकासमा पर्यटनको महत्त्व” शिर्षकको बक्तृत्वकला प्रतियोगितामा युनाइटेडका सुप्रीम गिरी अब्बल ठहरिए । त्यसैगरी, खजनाको खोजी ट्रेजर हन्टमा सबैलाई उछिन्दै युनाइटेडकै टोली खजना भेट्टाउन सफल भयो ।

त्यसैगरी, कोलाज मेकिङ प्रतियोगिता अन्तर्गत यूनाइटेड इङ्लिश बोर्डइङ स्कुल प्रथम, भवानी मा बि द्रितीय र गोरखा मोडेर्न इङ्लिश बोर्डइङ स्कुलले तृतिय स्थान हासिल गर्न सफल भएको छ । जम्मा १६ अंक ल्याएर “यूनाइटेड इङ्लिश बोर्डइङ स्कुल ” उत्कृस्ट स्कुल हुन सफल भएको छ ।

छ वटा कार्यक्रममा प्रथमलाई ३, द्रितीयलाई २ र तृतियलाई १ गरी अंक प्रदान गर्दा, जम्मा १६ अंक ल्याएर युनाइटेड यो बर्षको उत्कृष्ट स्कुल हुन सफल भयो । सम्पुर्ण बिजेता तथा विधालयलाई क्लबले बधाई ज्ञापन गर्दै हरितालिका तीजको पवन अवसरमा भोली २७ गते बुधबार हुन गइरहेको “बौद्ध हिमाल मेला” मा सम्मान गर्ने बौद्ध हिमाल युवा क्लबका अध्यक्ष किरण गिरीले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्