काठमाडौं, २६ भदौ २०७५ । नेपाल विद्यार्थी संघ नेविसंघको महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । नेविसंघको तीन दिनसम्म नेपाली काग्रेसको मुख्यालय विपीनगर सानेपामा बसेको नेविसंघ केन्द्रीय समितिको वैठकले संघको १२ औं महाधिवेशन यही कार्तिक १६,१७ र १८ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।

उमेरका कारण निकै चर्चित मुद्दा बनेको नेविसंघले अन्ततः उमेर हद भने हटाएको छ । उमेर हद लगाएर कसलाई राजनीति गर्न बन्देज लगाएको भन्दै लामो समयदेखि चर्को बहस हुँदै आएको थियो ।

बैठकले प्रस्तावित बिधान र नियमावलीमा ३२ बर्षको हदबन्दी हटाएको हो ।

सोमबार राति १० बजेसम्म बैठक : के के निर्णय गर्यो त ?

–अध्यक्षसहित उपाध्यक्ष र महामन्त्रीहरुको ६ सदस्यीय समितिले केन्द्रीय समितिमा उठेका बिषयहरु समेटेर सबैसँग आवश्यक समन्वय गरी यही भदौ २७ गतेभित्र संघको संसोधित बिधान, नियमावली २०७५ नेपाली कांग्रेस पार्टीलाई बुझाउने ।

–बिधान, नियमावली पार्टीबाट अनुमोदन भएपछि लगत्तै क्याम्पस , जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाउने निम्न बमोजिम अधिबेशन गरिने ।

– असोज ७ देशैभरका माबी र क्याम्पस अधिबेशन ।
– असोज १२ गाउँपालिका, महानगर र उपमहानगरपालिका अधिबेशन ।
– असोज १५ मा प्रदेश क्षेत्र अधिबेशन ।
– असोज २१ मा ७७ वटै जिल्लामा जिल्ला अधिबेशन ।
– असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिबेशन ।
– कार्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन ।
– कार्तिक १६ गते महाधिवेशन उद्घाटन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्