टोकियो, २३ भदौ २०७५ । नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्र र केन्द्रको बिशेष भेला टोकियो स्थित नेपाली मुराहल सोलमारीमा सम्पन्न भएको छ । क्षेत्रीय समितीका सभापती यदुराम सापकोटाको सभापतित्वमा, केन्द्रीय सभापती रोशन केसी, पुर्व सभापती, महासमिती सदस्य महेश कुमार श्रेष्ठ, पुर्व सभापती बलराम श्रेष्ठ, पुर्व संयोजक भुपी गोबिन्द श्रेष्ठ लगायत कान्तो क्षेत्रीय समिती र केन्द्रिय कार्यसमितीका पदाधीकारी, सदस्यहरु लगायत कान्तोमा सक्रिय रहने कांग्रेसहरु सहितको भेला सम्पन्न भएको छ |

केन्द्र क्षेत्रको भेला हुनुपुर्व क्षेत्रीय समितीको बैठक बसेको थियो ।क्षेत्रीय समितीको बैठक पश्चात संयुक्त बैठक बसेको थियो । भेलामा सुरुमा नेपाली जनसम्पर्क समिती जापानका निबर्तमान केन्द्रिय सदस्य डिलाराम सापकोटाको सेप्टेबर ६ मा उपचारका क्रममा मृत्यु प्रती शोक प्रस्ताब पारित गरिएको थियो ।

त्यसैगरी कान्तो क्षेत्रको अधिबेशन पहिला तोकिएको मितिबाट एक हप्ता पछाडी गर्ने निर्णय गरिएको छ । केन्द्रिय समितिले सबै क्षेत्रहरुको सेप्टेबर ३० सम्म अधिबेशन गरी कान्तोको अन्त्यमा गर्न आग्रह गरेकाले कान्तो क्षेत्रको अधिबेशन अक्टोबर ७ मा सम्पन्न हुने भएको छ ।

कान्तो क्षेत्रीय समितीको बैठकबाट निर्वाचन समितिका लागि संयोजकमा जनसम्पर्क समिति जापानका पुर्व संयोजक भुपि गोबिन्द श्रेष्ठ र २ सदस्यमा रिसिराम कडेल,घनश्याम शर्मा गौतमको नाममा गरेको प्रस्ताब भेलाले पारित गरेको छ ।

त्यस्तै कान्तो क्षेत्रीय समितीको अधिबेशनको लागि प्रतिनिधी बन्न साधारण सदस्य बन्ने मिती ५ दिन थप जुलाई २७ बनाएको छ । यस अगाडीका क्रियाशील सदस्यहरुले भने अक्टोबर ४ तारीक सम्म शुल्क १०००¥ क्षेत्रिय समिती समक्ष बुझाएर प्रतिनिधी बन्न सक्नेछन । क्षेत्रीय समितीको अधिबेशनमा उपस्थित क्रियाशील प्रतिनीधी र साधारण सदस्यबाट ५ जना बराबर १ प्रतिनिधी नै केन्द्रको अधिबेशनको प्रतिनिधी रहने हुदाँ ,कान्तो क्षेत्रमा रहने कांग्रेसहरुलाई तोकिएको समय सिमाभित्र साधारण सदस्य बन्न तथा क्रियाशील सदस्य नविकरण गर्न आग्रह गरिएको छ ।

कान्तो क्षेत्रको हकमा सदस्यताको को लागि कार्यसमितीका सदस्य गणेश बिष्ट फोन नम्बर (+81 80 3211 5180) फोन ,भाईबर ,बाट सम्पर्क गर्न सक्नुहुनेछ । शुल्क १०००¥ कान्तो क्षेत्रिय समितीको खाता नम्बर जेपि बैङ्क (१०९६०-१८२०६४५१) मा जम्मा गरेर वा सदस्यता प्रस्ताब गर्ने सम्बन्धित प्रतिनिधीसँग तोकिएको समय सिमाभित्र भुक्तानी गर्नुपर्ने छ । यि सबै बिषय भेलाले पारित गरेको छ ।

केन्द्र र क्षेत्रको संयुक्त बैठक पश्चात तेस्रो चरणमा केन्द्रिय बोर्ड समितीको बैठक बसेर जापान अन्य ८ ओटा क्षेत्रमा समेत अधिबेशनको मिती र केन्द्रिय प्रतिनीधी तय गरेको छ । कान्तो क्षेत्रमामा केन्द्रिय प्रतिनिधीको रुपमा उप-सभापती रामकृष्ण बम मल्ल र महा-मन्त्री रामजँग कार्कीलाई प्रतिनीधी तोकिएको छ भने अन्य क्षेत्रको अधिबेशनको मिती र प्रतिनिधी पनि तय भएको छ । बोर्ड कमिटीले गरेको निर्णयलाई १० तारिक केन्द्रिय समितीको बैठक बसेर सार्बजनिक गर्ने निर्णय गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्