काठमाडौं, २१ भाद्र २०७५ ।भूकम्पपछि क्षती भएको भौतिक संरचना पुनर्निर्माणको जिम्मा अब स्थानीय तहको हातमा पुगेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई नै दिने निर्णय गरेको हो ।

बिहीबार बसेको बैठकले स्थानीय तहलाई नै पुनर्निर्माणको जिम्मा दिने र जिल्ला तहबाट अनुगमन गर्ने निर्णय गरेको हो । साथै घर निर्माणका क्रममा रहेकाहरुको तेस्रो किस्ता यही वर्षभित्र दिइने सीईओ सुशील ज्ञवालीले बताए । लामो समयसम्म पुर्ननिर्माणको काम अड्कीएर बसेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्