बिमल भट्ट / टोकियो,

१३ भदौ, २०७५ । यहाँहरुलाई अबगत नै छ कि FOREX JAPAN ले शुरुवातको दिनदेखि नेपाल र भिएतनाममा आफ्नो विप्रेषण सेवा प्रदान गर्दै आइरहेको थियो । हाल आएर समय र ग्राहकवर्गहरुको मागलाई मध्यनजर गर्दै आफ्नो सेवा विस्तार गरेको छ । सेवा बिस्तार गर्ने क्रममा नेपाल, भिएतनाम लगायत विश्वका अन्य विभिन्न देशमा आफ्नो विप्रेषण सेवालाई विस्तार गरेको छ I

FOREX JAPAN को सेवाग्राहीलाई जापानबाट अन्य देशमा पैसा पठाउने सुबिधा मात्र नभएर जापान बाहिरबाट आएको रकमलाई
जापानभरी रकम भुक्तानी गर्ने व्यवस्थाको सुरुवात गरेको छ ।

FOREX JAPAN ले नेपालको लागि भुक्तानी साझेदार इजिलिंक रेमिट्यान्ससंग गर्दै आइरहेको जानकारी गराउदै साथै जुलाई महिना देखि भुक्तानी सेवा छिटो ,छरितो र सर्व-सुलभ रुपमा सहज होस् भन्ने उदेश्यका साथ IPAY REMIT संग पनि सहकार्य गरी , भुक्तानी सेवालाई अझै तिब्र बनाएको छ I

IPAY REMIT को सहकार्य संगसंगै नेपालमा रहेका कमर्शियल तथा बिकाश बैंक गरी ३२ वटा बैंकमा अहिले रियल टाइममा बैंक ट्रान्सफर गर्न सकिने सुबिधा पनि सुरुवात गरेको छ । यो सहकार्य संगसंगै FOREX JAPAN बाट पठाएको रकम अब नेपालमा ७,५०० भन्दा बढी काउन्टरबाट भुक्तानी लिन सकिने व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंकको १ लाख भन्दाबढी रकम नगद भुक्तानी लिन नमिल्ने निर्णयसंगै बैंकमा डिपोजिट गर्नु हुने सेवाग्राहीहरुलाई यो सुबिधा निकै नै उपयोगी हुनेमा FOREX JAPAN परिवार बिस्वस्त रहेको छ I

FOREX JAPAN बाट विप्रेषण सेवा लिंदा नेपाल लगायत इंडिया र इन्डोनेसियामा पनि रियल टाईममा बैंक ट्रान्सफरको सुबिधा प्रदान गर्दै आएको छ साथै आगामी दिनमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै आफ्नो सेवा परिमार्जित गर्दै लैजाने प्रतिबद्दता ब्यक्त गरेको छ |

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्