ओम पाण्डे, साउदी अरब। गाई जात्रा, यसको महत्व, बिशेषता र संस्कृती।  भौगोलिक रूपमा नेपाल सानै भएपनि  यहाँ विभिन्न जातजाति, भाषाभाषी, धर्म, कला, सांस्कृतिक चाडपर्वहरु मनाउने चलन छ । ठाउँ अनुसारका चाडपर्व, जातजाति अनुसारका चाडपर्वहरु नेपालको विशेषता हो । सबै चाडपर्वहरुको आ-आफ्नै  विशेषताहरू छन् । यिनै विभिन्न चाडपर्वहरु मध्ये अहिले मैले बणर्न गर्न गइरहेको गाईजात्रा पर्व पनि एक हो ।

म सानैदेखि गाईजात्रा पर्वलाई हेर्दै र यसमा रमाउदै आइरहेको छु । यो पर्व किन मनाइन्छ, कहाँ कहाँ मनाइन्छ आदिको चासो कहिलेपनि राखिएन ।  विशेष गरेर नेवार समुदायमा यो पर्वलाई धुमधामसंग मनाउने चलन छ । जात्रामा भाग लिने सबैले आ-आफ्नै तर्फबाट दर्शकहरुलाई हसाँउने र खुसी बनाउने प्रयास गरिएको हुन्छ । यो पर्व श्रावण कृष्ण प्रतिपदाको दिन मनाइन्छ । मलमास तथा पुरुषोतम महिना परेको बेलामा चाँहि भाद्र कृष्ण प्रतिपदाको दिन मनाइन्छ ।

यसको सुरुवात कहिलेदेखि भएको हो भन्ने कुरामा विव्दानहरु एकमत भएको देखिदैन । तर यस समन्बन्धमा पदम पुराणमा उल्लेख गरिएको रहेछ । त्यसलाई आधार मान्ने हो भने गाईजात्रा पर्व चौविसपच्चिस सय वर्ष पहिला भएको हो भन्ने देखिन्छ । तर नेपालको ऐतिहासिक प्रमाण अनुसार काठमाण्डौका तत्कालीन राजा प्रताप मल्लले आफ्नो छोराको मृत्यु शोकमा विव्हल भएकी रानीको चित्त बुझाउन र उनलाई खुसी बनाउनको लागि यो परम्पराको थालनी गरेका थिए भन्ने देखिन्छ। नेपाल सरकारले पनि यो पर्वमा काठमाण्डौं उपत्यकाभित्रका सरकारी कार्यालयहरुलाई मात्र बिदा दिने गरेको छ ।

राजा प्रताप मल्लका घोषणा अनुसार छोरी मरेको भए गाईको भेषमा र छोरा मरेको भए जोगीको भेषमा प्रत्येक घरबाट झांकी निकालेर सहर घुम्नु पर्ने, साथै  विभिन्न किसिमका झाँकी, नृत्य र बाजागाजालाई पनि समावेश गर्नु पर्ने । जात्रामा भाग लिने सबै टोलीहरु राजाको दरबारको बाटो भएर सबै सहर घुम्नु पर्ने आदेश भएको थियो । यही प्रचलन आजसम्म पनि चलिरहेकै छ । मान्छेको जीवन चीरस्थायी छैन भन्ने कुरा तत्कालीन रानीलाई कुरा गरेर बुझाउन सफल नभएका राजाले यो पर्व चलाएर आपनो उद्देश्यमा सफल भएका देखिन्छन । गाईजात्रामा सरिक भएकाहरु दरबारको बाटो गरेर जांदा रानीलाई मेरो छोरामात्र मरेको होइन रहेछ, सहरभरि अरू जनताका छोराछोरीहरु पनि मरेका रहेछन् भनेर चित्त बुझाइछिन् । त्यसपछि राजा प्रताप मल्लले प्रत्येक वर्ष गाईजात्रा मनाउने घोषण गरेका थिए । सुरुमा प्रत्येक मृतकका घरबाट गाईलाई नै सिंगारे्र निकाल्ने चलन थियो । बिस्तारै बिस्तारै गाईको सट्टामा गाईको मुकुन्डो लगाएर अथवा अनुहारमा गाईको चित्र बनाएर जात्रा निकाल्न थालियो । गाई नै रोज्नुको अर्थ के हो भने हिन्दु परम्परामा गाई पवित्र जनावर हो । गाईलाई समातेर हिड्न सकियो भने बैतरणी जस्ता अप्ठ्यारा महासागरहरु पनि सजिलैसँग पार गरेर स्वर्ग पुग्न सकिन्छ भन्ने धारणा रहेको पाइन्छ । जन्म मरण सम्बन्ध र मुत्यु पछिका कुराहरू गरुड पुराणमा उल्लेख भएका छन् । जस अनुसार मृतकलाई एक वर्षसम्म यमलोकको ढोका बन्द हुन्छ अरे । मृत आत्माहरु ढोका बाहिरै बसिरहेका हुन्छन् । मृतकको नाममा यी नक्कली गाई, जोगी आदि बनाएर घुमाउनाले यमलोकको ढोका खुल्ला हुन्छ र मृत आत्माहरुले मुक्ति पाउछन् भन्ने विश्वास पनि एकाथरीमा अझै देखिन्छ ।आजभोलि आएर भूतप्रेत तथा विभिन्न थरीका मास्क लगाएर पनि गाईजात्रा मनाउन निस्केको देखिन्छ । नगर परिक्रमा गर्दा यिनीहरूले नाच्दै गाउंदै रुपीया, पैसा, चामल, फलफुल माग्दै पनि हिड्छन् । सुरुमा त काठमाण्डौंको हनुमान ढोकामा जम्मा भएर नगर परिक्रममा सुरु हुन्थ्यो र पाटनसम्म पुग्दा ठुलै भिड हुन्थ्यो । पाटनसम्म पुगेका ती टोलीहरु फर्केर हनुमान ढोकामा नै आउने चलन थियो । समयको अभाव, जनसङ्ख्याको चाप र आजको परिस्थितिले गर्दा काठमाण्डौंदेखि पाटन जाने चलन बन्द भइसकेको छ । आ-आफ्नै टोल, आफ्नै गाउंँको परिक्रममा गरेर जात्रा समाप्त गर्ने गर्दछन् ।  गाईजात्राको यो लामालस्करलाई चम्काउन र रोचक बनाउन गीत गाउने, बाजा बजाउने, रमाइलो रमाइलो जोक गर्ने, व्यंग्य गर्ने चलन पनि छ ।

एकसय चार वर्षसम्मको राणा शासन, त्यसपछिका शाह वंशीय शासन आदिमा जनतालाई शाषकहरुले गरेको अत्यचार, दमन तथा थिचोमिचोको बारेमा खुल्ला भएर लेख्न पाउने, बोल्न पाउने अधिकार वा स्वतन्त्रता थिएन । अनि गाईजात्राको दिनमा लेखेको, बोलेको तीता, कटु, पेचिला, घोचिला, छाडा अभिव्यक्तिहरुलाई सरकारले कारबाही नगर्ने प्रचलन थियो र अभैm छ । गाईजात्राको अवसरमा निस्कने पत्रपत्रिकाहरु सबैले पढन रुचाउथे । जसले आयोजना गरेको गाईजात्रा कार्यक्रम भएपनि जनताको भिड हुन्थ्यो । कुनै बेलामा नेपाल प्रज्ञाप्रतिष्ठानले नै पनि गाईजात्रा पर्व आयोजना गरेर शाषकहरुलाई समेत बोलाएर जनताका व्यँग्यात्मक प्रहसन सुनाउथे ।

आज त्यो समय रहेन । समय धेरै अगाडि बढी सकेको छ । शाषकले होस वा  प्रशासकले होस् चित्त नबुझने काम गरेको खण्डमा उसैको अगाडि जथाभावि गाली गर्न पाउने छुट नयाँ नेपावलको नयाँ प्रजातन्त्रले दिएको छ । जतिबेला जे लेख्न पनि छुट छ । कुनै पनि लेखहरू प्रमाणित हुनु पर्दैन, प्रमाण देखाउन पर्दैन । मनभित्र लागेका कपोलकल्पित कुराहरू लेखेर अन लाइनदेखि प्रिण्ट मिडियासम्म र घरैपच्छि खोलिएका अनलाइन रेडियोले जे जति प्रचारप्रसार गर्न पनि छुट छ । त्यसरी लेख्नेहरुलाई कानुनले केही पनि गर्दैन । न्यूयोर्कको बेसमेण्टमा बसेर रेकर्ड गरिदियो, नेपालको मान्छेलाई गाली ग¥यो, कतारको घाममा बसेर रेकर्ड ग¥यो , लण्डनको मान्छेलाई गाली ग¥यो । आप्नो आंङमा गुरिल्ला हिडेको थाहा नपाउने अरूको आङमा उडुस हिडेको देख्ने नामी पत्रकार भए पुग्छ । आजको यो अवस्थामा किन गाईजात्रा कुर्नु पर्छ र । तर हाम्रा केही मित्रहरूलाई गाईजात्रा पर्खनै प¥यो । किनभने जातीय समूह जति नै ठुलो भएपनि सबैको सबैसँग मन मिल्छ नै भन्ने पनि भएन । आप्नो लगायत परिवार सबैको मन मिल्ने नै आफ्ना मिल्ने मित्रहरू बन्छन् । तिनीहरुसंगै आवत जावत, उडबस, खानपान आदिको रमाइलो गरिन्छ । समाज भनेकै यसरी बनेको हुन्छ । हामी त्यसैभित्र बसेर जीवनरुपी रथयात्रालाई अगाडि बढाउने हो ।

यसै सिलसिलामा एउटै साहित्यिक माहोलमा संलग्न भएर एक ढिक्का भएर हिडिरहेका साथीभाइ, मित्रहरू पनि आफ्नो साथीको उन्नति र प्रगतिप्रति कति कुण्ठित हुँदा रहेछन्, कति छटपटि र डाहालाई मुटुभित्र लुकाएर बसेका हुँदा रहेछन् भन्ने अलिअलि व्यवहारबाट देखिदैं थिए तर यस पाली गाईजात्राको रूपमा उत्कृट कविता फेस बुकमा पोस्ट गरेर सन्तुष्टिको लामो सास फेरर आराम गरेका छन् । त्यसैगरि कसैले प्रश्नोत्तरी माला फेसबुकमा पोस्ट गरे । मलाई अरूले कसरी हेरेका होलान् भनेर पोस्ट गर्नेले कहिल्यै सोचे जस्तो मलाई लागेन । म यो समाजमा उत्कृष्ट व्यक्ति हुँ भन्ने उनको विवेकमा पक्कै होला । मान्छेले डिग्री लिदैंमा विव्दान हुने हैन रहेछ, मान्छेका अगाडि कुरा नकाट्दैमा ज्ञानी र भलादमी भन्न नमिल्ने रहेछ  । मान्छे चिन्न त गाईजात्रा नै पर्खिनु पर्ने रहेछ ।

तर गाईजात्राले हाम्रो समाजलाई राम्रै पनि गर्न सक्नेछ भन्ने आशा गर्न सकिन्छ । एक त मान्छेहरूको ठुलो समूहले अरूलाई हसाउंने अभिप्राय लिएर कुनै विचार निकाल्नु पर्छ, लुगा लगाउने तरिका निकाल्नु पर्छ अथवा भनौं फेशन डिजाइन गर्नु पर्छ, त्यस्तै मेक अप गर्नु पर्छ । कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भने जस्तै धेरैको बुद्धिबाट निस्किएका कुराहरू केही न केही राम्रै हुन्छ ।  अर्को कुरा अरूले गरेको वर्षभरि भनौ वा विगत केही बर्षदेखिकै अरूको कामलाई नियालेर नराम्रा पक्षहरुलाई हृदयमा सजाएर राखी राख्नु पर्छ, अनि गाईजात्राको अवसरमा निकाल्न सकिन्छ । कतिपय बेलामा त मान्छेले आपूmले गरेका गल्तीको महसुस गरेर पुनः त्यसप्रकारको गल्ती नगर्नलाई प्रेरणा पनि मिल्न सक्छ । त्यसैले आफ्ना गाईजात्रे भावनाहरू फेसबुक, ट्वीटरमा पोस्ट गर्ने ती मित्रहरूलाई म मुरीमुरी धन्यवाद दिन चाहन्छु र भगवानले उहाँहरूलाई संधैं यस्तै काममा प्रेरणा दिइरहुन भने प्रार्थना पनि गर्दछु ।

        

एकातिर गाईजात्राले नेपालको सामाजिक परम्परालाई चीरस्थाई बनाएको छ भने अर्कोतिर विभिन्न सांस्कृतिक पर्वहरुमा एउटा थप संस्कृति हुन पुगेको छ । वर्षको एकपटक भएपनि मान्छेहरू छाडा हुन पाएका छन् । आफ्नै साथीभाइ तथा मित्रहरूलाई मुखले व्यक्त गर्न नसकेको घृणा, तिरस्कार तथा उत्कण्ठाहरु व्यक्त गरेर मन हलुका गर्न पाएको छन् । अन्तमा गाईजात्राले मान्छेको जीवनमा मृत्यु अनिवार्य छ, त्यसपछि पनि जीवन सुखमय बनोस भन्ने शाश्वत अस्तित्वको बोध गराउन मद्दत गर्ने प्रयास गरे जस्तो मलाई लाग्छ । मान्छेले आप्mनो जीवनलाई सुखी र खुसी बनाउदै मृत्यु पछिको जीवनपनि सुखी बनाउने प्रयास गर्नु नै हिन्दुधर्मको एउटा उपदेश पनि हो । गाईजात्राले यसका लागि केही हदसम्म सहयोग सबैलाई पु¥याओस भन्ने आशा राख्दै गाईजात्राको शुभकामना सबैमा चढाउछु ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्