गोरखा, ८ भदौ २०७५ । नेपाली कांग्रेसले आफू निकट जनप्रतिनिधिलाई प्रशिक्षण गराएको छ । वर्तमान सरकारले कर बढाएपछि स्थानीय तहमा पर्न सक्ने प्रभाव, कर सम्बन्धी कानूनी एवं संबैधानिक मान्यताहरु, स्थानीय बिकास निमार्ण, स्थानीय सरकार सञ्चालन लगायतका विषयमा जिल्लाका जनप्रनिधिहरुलाई जानकारी गराइएको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन तथा बिकास निर्माण सम्बन्धि दुई दिने अन्र्तक्रिया विषयक उक्त कार्यक्रममा कांग्रेसबाट बिजयी भएका नगर, गाउँ र वडा स्तरका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरु समेत सहभागी छन् ।

पार्टी कार्यालय तीनधारेमा जारी प्रशिक्षणमा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत, योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्ले, डाक्टर वुद्धीमान श्रेष्ठ, डाक्टर कुलबहादुर बस्नेत, प्राध्यापक डाक्टर डण्डपाणी अधिकारी लगायतले प्रशिक्षण दिएका छन् । जिल्ला सभापति हरिबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता चिनकाजी श्रेष्ठ, कमला पन्त, गण्डकी प्रदेशकी सांसद मनकुमारी गुरुङ लगायतको पनि सहभागीता रहेको छ ।

प्रशिक्षण मूख्यतया स्थानीय तहले बढाएको कर, काम गर्ने तौर तरिका बिकास निर्माण र योजना छनौटका बारेमा केन्द्रित रहेको कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्