भाद्र ६-  साउदी अरेबिया स्थित नेपाली कमिटी मार्फत अल्मराई CPP मेनेजमेन्टको स्वीकृतमा नेपालि एकता समाजले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिता सभ्य र भब्यताका साथ समाप्त भएको छ। निकै नै प्रतिस्पर्धात्मक तबरले भएको खेल उत्कृष्ट थियो।  उक्त खेलको प्रत्यक्ष्य प्रसारण वसन्त राई NA media मार्फत गर्नु भएको थियो भने सिमपानी न्युजले पनि नजिकबाट नियालिरहेको थियो। खेलको मुख्य प्रायोजन म्यारिल्याण्ड होटलले गरेको थियो।

  हिजो भएको खेलमा युनिक गोर्खाली टिमले घरेलु टिम माउन्ट एभरेष्ट टिमलाई  3-1 ले हराएर जित हासिल गरेको छ।निकै नै अनुभबी खेलाडिहरुले भरिएको हुनाले निकै नै रोमाञ्चक बनेको थियो। खेलको पहिलो सेट्मा 26/24ले माउण्ट एभरेष्टले  जितेको थियो भने  दोश्रो खेल 25/15ले  युनिक गोर्खालीले जितेको थियो तर तेस्रो र चौथो खेल तोदियाले निकै नै प्रतिस्पर्धामा 25/23 र 25/20 जित हासिल गरेर बिजेता भएको छ। दुबै टिमका समर्थक हरु आ आफ्नो टिमको पक्ष्यमा नाच्दै गाउँदै रमाउदै थिए।खेल निकै नै उत्साह पुर्बक खेलिएको थियो। म्यान अफ द म्याच CPP का बेस्ट स्ट्राइकर सुरज सुनारले पाएका थिए।  

   खेलमा मुख्य अतिथिको रुपमा क्वालिटी मेनेजर मार्क फार्मर थिए भने अलमराईको 11 विभिन्न डिभिजन बाट अग्रज हरु अतिथिको रुपमा आएका थिए। खेलका प्रस्तोता नेपाली कमिटी CPP  तथा नेपालि एकता समाजका सहसचिब नाथन शर्मा र अतिनै सकृय भुमिका निभाउदै आएका रबिन गिरि थिए ।  नेपालको राष्ट्रिय गानबाट कार्यक्रम सन्छालन भएको थियो भने नेपाली गित संगितका कला र गला भएका रबिन गिरिले आफ्नो मातृभुमिलाई सम्झेर मेरो देश प्यारो लाग्छ भन्ने स्वदेश गान गाएका थिए  त नेपाली एकता समाजका सल्ल्हाकार समेत रहनु भएका अम्मर श्रेष्ठले सम्झनाको काँडा बिछ्याउने भ न्ने  अतिनै मार्मिक गित प्रत्यक्ष्य गाएका थिए त गितारमा साथ दिएका थिए  मिलन गोलेले।

  यहि  अगस्ट 12 तारिख देखि शुरु भएको 14 टिमको प्रतिस्पर्धा 21तारिख  सकिएको छ। खेल भुमी  निकै नै सजिएक थियो भने दर्शकहरु पनि उत्तिकै उपस्थित भएका थिए । 

       सबै खेलको विवरण निम्न छ।

———————————————

Winners

Game 1 : Mt Everest (CPP)

Game 2 : Al Danah Sports (Danah)

Game 3 : Dhaulagiri (CPP)

Game 4 : Bakery Challangers

Game 5 : Hamra Team A

Game 6: unique gorkhali

Quarter final:-

  Game 7:- Al Hamra-A

  Game  8:- Mt. everest.

  Game 9:- unique  gorkhali.

   Game 10:- Bakery challengers.

    Game 11:- unique  gorkhali (Todeeya)

    Game 12:- Mt. Everest (CPP)

 Game 13:- unique  gorkhaali todeeya- winner.👌👌

Man of the Match

———————————-

Game 1: Rudra Pradhan (Mt Everest)

Game 2: Krishna B Ale (Al Danah Sports)

Game 3: Dil Somai (Dhaulagiri)

Game 4 : Dhan B Chand (Bakery)

Game 5 : Sujan Magar (Hamra)

Game 6: sunil thapa magar (Unique Gorkhali, todiah)

 Game 7:- khuman Thapa (Al- Hamra-A)

   Game 8:- Suraj sunar (CPP )

   Game 9:- yam thapa ( unique gorkhali)

    Game 10:- yaman kc ( bakery challengers)

    Game 11:- sujan darlami magar ( Al-Hamra-A)

   Game 12:- Dhan bahadur chand ( bakery)

 Game 13:- Suraj sunar -CPP.

By Om Pandey

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्