जापान, भदौ ५, २०७५

जापानबाट नेपाल विप्रेषण रेमिट्यान्स सेवा गर्दै आएको प्रमुख वित्तिय संस्था सिटि एक्सप्रेस मनि ट्रान्सफरले मंगलबारबाट राजधानी टोकियोको शिनओकुबु स्थित नयाँ भवनबाट सेवा सुचारु गरेको छ ।

नयाँ कार्यालयको सिटि एक्सप्रेस मनि ट्रान्सफरका प्रमुख महेश श्रेष्ठ लगायतले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । सेवा शुभारम्भको श्रेष्ठ सँगै जापानको इताओ बैंकका म्यानेजर खाबुराकी, एसबीआईका बैंकका प्रमुख आन्द्रो, सिटि मनि ट्रान्सफरका डाइरेक्टर आकासाका, सिटि एक्सप्रेस समुहका अध्यक्ष हेम गुरुङ, उपाध्यक्ष द्रोणराज शर्मा, सिटि एक्सप्रेस ग्रुपका प्रवन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा गर्नुभएको थियो ।

यसअघि रहेको सिनओकुबु शाखामा सेवाग्राहीको चाप बढेपछि सेवालाई सजिलो र छिटो छरितो बनाउन कार्यालय नयाँ ठाउँमा सारिएको सिटि एक्सप्रेसका प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो ।

सिटि एक्सप्रेस मनि ट्रान्सफरले नेपालबाट सन् २००७ बाट कारोबार थालनी गरेको थियो भने सन् २००८ बाट जापानबाट नेपाल पैसा पठाउने सेवाको थालनी गरेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्