एजेन्सी,वेलिङ्टन, भाद्र ४, २०७५ । हामी कहाँ जन-प्रतिनिधि भनेपछि सान नै फरक छ । रवाफिलो र तडकभडकपूर्ण व्यवहार एवं रहन सहन जनप्रतिनिधिका लागि आम हो ।

अर्को शब्दमा भन्दा जनताले चुनावमा जिताएर पठाइदिएपछि आफूलाई कुनै चक्रवर्ती सम्राट नै ठान्ने आम नेपाली जन-प्रतिनिधिको लक्षण हो ।

तर नेपालभन्दा निकै राम्रो आर्थिक हैसियत भएको र मानव विकासका दृष्टिले हेर्ने हो भने विश्वकै शीर्षस्थ मध्ये एक कुनै देशकी एकजना मन्त्री आफैं साइकल चलाएर अस्पताल भर्ना हुन्छिन् र बच्चा जन्माउँछिन् भन्दा यो कुरा हामीलाई अपत्यारिलो लाग्न सक्छ तर यो सत्य हो ।

एउटै समयमा आइसियुमा काम गर्ने १६ नर्स गर्भवती !
गर्भवती भनिएकी महिलाको पेटमा भेटियो यस्तो चीज…..
न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् ।

वाम झुकाव भएकाे दल ग्रीन पार्टीकी सांसद गेन्टर साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी हुन् ।

“मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छिन् ।”

न्यूजिल्यान्ड सरकारको महिला मन्त्रालयसँगै यातायात मन्त्रालयको समेत कार्यभार सम्हालेकी गेन्टर अहिले ४२ हप्ताकी गर्भवती छिन् ।

मन्त्री गेन्टर दिगो यात्राका अभियन्ता पनि हुन् । ग्रीन पार्टीकी एक प्रवक्ताले दिएको जानकारी अनुसार सोमबार बिहानसम्म पनि उनले बच्चा पाएकी छैनन् ।

गत जुनमा मात्र न्यूजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति बिदापछि नियमित काममा फर्केकी थिइन् ।

न्यूजिल्याण्डकी प्रधानमन्त्रीद्वारा गर्भवती भएको घोषणा, संसारभरि चर्चा र बधाई
गर्भवती भएपछि छाला चाउरियो ? अपनाऊनुस् यी उपायहरु
गत वर्ष निर्वाचित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी भएकी थिइन् । विगतमा सन् १९९० मा पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माएकी थिइन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्