गोरखा, १५ साउन २०७५ । नेकपाको सरकार विरुद्ध नेपाली कांग्रेस सडकमा उत्रिएको छ । देशैभरी जिल्ला सदरमुकामहरुमा विरोध ¥याली निकालेको कांग्रेसले गोरखामा पनि आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस गोरखाका जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली हरमटारी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै राष्ट्रिय सभाका प्रतिपक्ष दलका नेता समेत रहेका सुरेन्द्र पाण्डेले सरकारको चर्काे विरोध गरे ।

‘सर्वसत्तावादी सोँच, अधिनायकवादका साथ सरकार अघि बढि रहेको छ’ उनले भने ‘हुकुमको भरमा सरकार चलाउन पाईँदैन । हुकुमका भरमा सरकार चलाउनेहरु हिजोका दिनमा पनि ढले, कम्यूनिष्टहरु पनि त्यसरी नै ढल्नुपर्नेछ यो कुरा यादगर होस् ।’

हुकमको भरमा राज्य चलाउने राणा र राजा ढलेको भन्दै उनले सरकारलाई त्यसो नगर्न कांग्रेसले सूचित गरेको उनले बताए ।
विरोध र्यालीमा पाण्डेसँगै केन्द्रीय सदस्यहरु चीनकाजी श्रेष्ठ, कमला पन्त र जिल्ला सभापति हरिबहादुर घलेले सम्बोधन गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्