चितवन साउन १३ । सरकारले गरेका गैर संवैधानिक कार्य र मौलिक हकको हनन् विरुद्ध उत्रिने नेपाली कांग्रेस चितवनले चेतावनी दिएको छ ।

आज पार्टी कार्यालय नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त चेतावनी दिएको हो ।

आगामी साउन १५ गते दिउँसो सवाँ १२ बजे भरतपुरको चौबिसकोठीबाट विरोध ¥याली सुरु गरि पुलचोकमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ ।

नेपाली कांग्रेस चितवनले जुम्ला अस्पताल हाताभित्र प्रहरीको हस्तक्षेप, न्यायपालिका र स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप, अनियन्त्रित मूल्यवृद्धि, अवैज्ञानिक करको दर लगायतका कार्यले देश अधिनायकवादतर्फ लागेको संकेत गरेको बताएको छ ।

नेपाली कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले सरकारको अधिनायकवादी प्रवृत्ति मान्य नहुने भन्दै भरतपुर महानगरपालिकाले अटो रिक्सा व्यवसायी माथि गरेको दमनको घोर र्भत्सना गरेको बताए । श्रेष्ठले महानगरमा ४ सय मात्र अटोरिक्सा सञ्चालन गर्न अनुमति दिएकोमा हाल महानगरमा ३ हजार ९ सय अटो दर्ता गरेर सरकारले चलखेल गरेको आरोप लगाए । एउटा अटोरिक्सा दर्ता गराउँदा ७० हजार रुपैँयासम्म घुस लिने गरेको दाबी गदै कारबाही गर्न माग गरे ।

जिल्ला सभापति श्रेष्ठले नेपाली कांग्रेस केन्द्रले साउन १५ गते गर्ने देशव्यापी सदरमुकाम केन्द्रित आन्दोलनलाई सफल पार्न सबैलाई आग्रह गरे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्