काठमाण्डौ, साउन १० । मन्त्रिपरिषद् बैठक आजबाट कागजविहीन भएको छ । प्रधानमन्त्री कार्यालयले बिहीबारदेखि मन्त्रिपरिषद् बैठकलाई ‘स्वचालित प्रणाली’ बाट सञ्चालन गर्न सुरु गरेको छ । मुलुकलाई विद्युतीय शासन प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यअनुसार त्यसको सुरुवात मन्त्रिपरिषद् बैठकबाट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा पहिलो पटक सबै मन्त्रीहरू एप्पल कम्पनीका म्याकबुक ल्यापटप प्रयोग गरेका छन् ।

यसअघि नै प्रधानमन्त्रि केपी ओलीको निर्देशन बमोजीम मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ बनाउने सरकारी नितिअनुरुप प्रधानमन्त्री र मन्त्रीहरुले कागजको साटो म्याकबुकको प्रयोग गर्न थालेका छन् ।

यसका लागि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीहरूलार्इ एउटै खालको म्याकबुक ल्यापटप उपलब्ध गराएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सबै मन्त्रीका हातमा म्याकबुक हुनेछ भने बैठकका विषय मन्त्रीहरूलाई इमेल गरिनेछ। अब मन्त्रीहरूले जुनसुकै ठाउँबाट पनि मन्त्रिपरिषद्मा पेस गरेका प्रस्तावहरू सजिलै हेर्न पाउने छन् । यसअघि मन्त्रिपरिषद्‍मा पेस हुने प्रस्ताव फाइल गरेर पेस गरिने गरिन्थ्यो जसले गर्दा मन्त्रीहरूले प्रस्तावहरू राम्रोसँग अध्ययन तथा विषयमा प्रवेश गर्न गाह्रो हुन्थ्यो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्