टोकियो, १० साउन , जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो ।

सन् १९०१ को मे २ तारिखमा जन्मिनु भएका मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक थिइन् । गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो ।

आइतबार निधन हुनु भएकी मियाको संभवतः संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएको अनुमान गरिएको थियो ।

उनको निधनपछि जापानमा अब सबैभन्दा ज्येष्ठ नागरिक काने तानाका बनेको मन्त्रालयले जनाएको छ ।

तानाकाको जन्म सन् १९०३ जनवरी २ तारिखमा भएको थियो । उनी अहिले ११५ वर्षको छन् ।

जापानकै सबैभन्दा ज्येष्ठ पुरुष भने ११३ वर्षका मासाजो नोनाका बनेका छन् । उनलाई विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिन्छ । उनको नाम गिनिज बुकमा पनि विश्वकै सबैभन्दा ज्येष्ठ पुरुषको रुपमा रहेको छ ।

सिन्ह्वा

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्