टोकियो श्रावण ९,

नेपाल सरकारको अधिनायक वादी चरित्रको बिरुद्वमा नेपाली जनसम्पर्क समिती जापानले आज श्रावण ९गते एक  बिज्ञप्ती जारी गरि गम्भिर ध्यानआकर्षण भएको जनाएको छ। वर्तमान सभापति लालवहादुर केसी(रोशन)ले हस्ताक्षर गरेकएको उक्त प्रेश  बिज्ञप्तीमा सर्वसाधारण नागरिकलाई सपना मात्रै देखाएर पिडामा बाँच्न बाध्य वनाउने सरकारको नियतको कारण देशका जल्दावल्दा समस्या समाधान गर्नुको सट्टा सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गर्न खोजेकोमा गम्भिर ध्यानआकर्षण भएको उल्लेख गरिएको छ ।पछिल्लो समयमा मुलुकमा विध्यमान शिक्षा र स्वाथ्यका क्षेत्रमा को बढदो ब्यापारीकरण अन्त्यको लागी  डा. गोविन्द केसीले गरेको अनशनप्रति सरकारले गरेको बेवास्ता अधिनायकवादको पराकाष्टहो  भन्दै गोविन्द केसीको अनशनप्रति सो समितिले ऐक्यवद्धता व्यक्त गरेको छ ।

जनताले शान्तिपूर्ण रुपमा आफ्नो विचारहरु राख्न पाउने र शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा हस्तक्षेप गरी नागरिक माथी बरबर दमन गरेकोले यो सरकार अधिनायकवादको एक नमूना भएको विज्ञप्तिमा भनीएको छ ।

त्यसै गरि मन्त्री लाल वावु पण्डित ले बारम्वार विदेश मा बस्ने नेपाली लाई भुपु नेपाली को संज्ञा दिने र उनिहरुले नै पठाएको पैसाको रेमिट्यासले तलव खाने उनको कार्य सैलीले सम्पुर्ण विदेशमा वस्ने नेपालीहरु प्रति आघातपुगेको उल्लेख छ। 

चिकित्सा विषय पढ्न बंगलादेश पुगेका नेपाली विद्यार्थीप्रति आपत्तिजनक भनाई राख्ने कानुनमन्त्रीले राजीनामा दिएको भए पनि झनै आपत्तिजनक कुरा गर्दै आएको चिकित्सा शिक्षाको ब्यापारी तथा माफिया दुर्गा प्रसाईंमाथि महिला हिंसाको कानुन बमोजिम जतिसक्दो चाँडै कारबाही गर्न पनि उक्त समितिले माग गरेको छ, वर्तमान सरकारले जनविरोधी काममात्र गरेको, नागरिकको पक्षमा कुनै पनि काम नगरेको, यातायात क्षेत्रमा सिन्डीकेट हटाउने भनी हल्ला गरेपनि कायमै राखेको र देशको भन्दै सरकारलाई जनताको पक्षमा काम गर्न र निर्वाचन अघि भनिएजस्तै समृद्ध नेपाल निर्माणको अभियान थाल्न पनि आग्रह गरिएको बिज्ञप्तीमा उल्लेख छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्