नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ३६ अौ वि.पी स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमहामन्त्री कृण्ण प्रसाद सिटौलाको विगतमा वि।पी कोईरालाले नेपाली जनताको अधिकारको लागि अन्दोलनलाई निरन्तरता दिने सन्दर्भमा उहाले समय सापेक्ष २००७ सालको क्रान्तिले निरन्कुश राणा शासनको अन्त्य गर्न वि।पी ले राष्ट्रिय एकता तथा मेल मिलापको माध्यम बाट जनताको प्रजातन्त्रको माहौल स्थापित गरेका थिए ।

साथै अईले नेपाली काग्रेस प्रतिपछ रहेको हुदाँ हामी माथि अरू धेरै जिम्मेवारी हाम्रो काधमा थपिएको छ । न्यायीक ब्यस्थाको संरक्षण गर्ने सविधानलाई संरक्षण गर्ने त्यसको मुल्य र मान्यता सिदृण गर्ने अझ जनतालाई प्रगतिको मार्ग बनाऊन नेपाली काग्रेसको जिम्मेवारी रहेको बताऊनु भयो । साथौ संचारकर्मीहरु सित कुरा गर्दै पुर्वमहामन्त्री सिटौलाले समाजवादी कार्यक्रम गरिब बिपन्न जनतालाई प्रगतिको बाटोलाई अगाडी ल्याउने सन्दर्भमा लोकतान्त्रिक सिद्दान्तमा आधारित भएर समृद राष्ट्र निर्माण गर्ने अभियानमा बि।पी लाई मात्र नेपाली काग्रेसको मात्र नभई सिङ्गो नेपालको आशा र भरोसाको रुपमा जिवन्त हुनु भएकोले बि।पीको आजको समय सापेक्ष हामी ब्याख्या गरेर त्यसलाई कार्यवन्यनमा ल्याऊन आवश्यकता रहेको बताऊनु भयो ।

साथै नेपाली काग्रेंसको कार्यकर्ता तथा समर्थकहरुलाई एक जुट भई अगाडी बढने बताऊनु भयो । निर्वाचन क्षेत्र न १ को आयोजनामा आयोजीत कार्यक्रम प्रतापपुर गाऊपालिका वडा नं, ७ गुठी सुर्यपुरामा मा सम्पन्न गरिएको थियो । क्षेत्रिय सभापति मुकुल आचार्यको अध्यक्षता रहेको कार्यक्रममा  पुर्व सांसद देवकरण प्रसाद कलवार, पुर्व सांसद बिक्रम खनाल, ऊमेश चन्द्र यादव, श्याम सुन्दर चौधरी, नरेन्द्र गुप्ता, पलक धारी गुप्ता, महेन्द्र ध्वज जीसी , बिक्रम यादव, राम प्रसाद जोशी लगायतहरुले बोल्नु भएको थियो । गुठी सुर्यपुरा स्थित बि।पी स्मृति पार्कमा आप,लिची,अशोक लगायतहरुको करिब १२५ वटा बिरुवाहरुको बृक्षारोपण गरिएको थियो । बिभिन्न पार्टी परित्याग गरी १३ जनाले नेपाल काग्रेसमा प्रवेश गरेका थिए।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्