एजेन्सी, असार ३२, २०७५

फिफा विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ । सोमबार लुजिन्हकी स्टेडियममा भएको खेलमा युवा खेलाडीहरुले भरिएको फ्रान्सको टिमले क्रोएशियालाई ४-२ गोलले पराजित गर्दे दोस्रो पटक विश्वकप ट्रफीमाथि आफनो कब्जा जामाएको हो ।

२० बर्षपछि फेरी विश्वकपमा कब्जा गरेको फ्रान्सको लागी पहिलो गोल १८ औ मिनेटमा मारियो मैडजुकिचको हेडर मार्फत आत्मघाती गोलबाट भएको हो । ठिक त्यसको १० मिनेटपछि क्रोएशियाले म्याचमा त्यो बेला फर्कियो जब २८ औ मिनेटमा इवान पेरिसिचले उत्कृष्ट गोल गर्न सफल भएका थिए ।

इवान पेरिसिचको ह्याण्डबल फाउलबाट मिलेको पेनाल्टिलाई कतिपनि मिस नगर्दे ग्रीजम्यानले फ्रान्सलाई २-१ के अग्रता दिलाएका थिए । पहिलो हाफसम्ममा फ्रान्स २-१ के स्कोरसँग क्रोएशिया भन्दा अगाडि थियो ।

दोस्रो हाफ शुरु भएसँगै ५९ औ मिनेटमा पाँल पोग्बा र ६५ औ मिनेटमा युवा खेलाडी एमबाप्पे ले शानदार गोल गर्दे फ्रान्सलाई ४-१ के अग्रता दिलाएका थिए । यद्यपी यसको केही मिनेटमै फ्रान्सको गोलकिपर लारिसको गल्तीको फाइदा उठाउदै क्रोएशिउयाका मारियो मैडजुकिचले एक सामान्य गोल गर्दे आफनो टिमलाई खेलमा फर्काउने कोशिष गरे, तर यसपछि क्रोएशियाले कुनै पनि चमत्कार गर्न सकेन र आफनो पहिलो विश्कप फाइनलमा चुक्न पुग्यो जसको फइदा उठाउदै फ्रान्स दोस्रो पटक विश्वकप च्याम्पियन हुन पुग्यो ।

दुबै टिम ४-२-३-१ के संयोजनसँग मैदानमा उत्रेको थियो । क्रोएशियाले इङल्याण्ड विरुद्ध जित हासिल गर्न जुन रणनिति अपनाएको थियो त्यसमा कुनै पनि हेरफेर गरेको थिएन भने फ्रान्सेली कोच डिडियर डेसच्याम्पले आफनो रक्षापंक्तिलाई निकै मजबुत बनाउनमा ध्यान दिए ।

क्रोएशियाले राम्रो शुरुवात गर्यो, पहिलो हाफमा न केबल बलमा अधिक कब्जा गर्यो,उसले आक्रमक रणनीती पनि अपनायो तर भाग्यले फ्रान्सलाई साथ दियो जसले बिना कुनै प्रयास दुई गोल गर्न सफल भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्