असार१४ काठमाडौं -नेकपामा दुईमध्ये एक अध्यक्ष प्रचण्ड यतिबेला सिंगापुरमा छन् । असार १३ गते नै नेपाल फर्कने भनिए पनि पत्नी सीता दाहालको ‘वाटर थेरापी’ नसकिपछि उनको स्वदेश फिर्ती केही दिन लम्बिएको छोरी गंगा दाहालले जनाइसकेकी छिन् ।

प्रचण्ड सिंगापुर गएका बेला नेकपाका अर्का अध्यक्ष केपी र्शमा ओली चीन गएका थिए । अध्यक्ष ओली फर्किइसकेका छन्, तर प्रचण्ड नहुँदा नेकपाको पार्टी काम अगाडि बढ्न सकेको छैन । एकीकृत पार्टी संस्थागत नभइसकेकाले दुईमध्ये एक अध्यक्ष अनुपस्थित हुँदा पार्टी कामहरु अगाडि बढ्न सक्ने अवस्था छैन ।नेता बने बेरोजगार

पार्टी एकतापछिको व्यवस्थापनले गति लिन नसकेपछि यतिबेला नेकपाका नेताहरु बिजनेशविहीन अर्थात बेरोजगारजस्तै बनेका छन् ।

दुईसाता अघि बसेको स्थायी कमिटीको बैठकले पार्टीको विधान, प्रतिवेदन र नियमावली अध्ययन गर्नलाई १५ दिनको समय दिएको थियो । त्यो १५ दिने अवधि लगभग पूरा भइसकेको छ ।

यसका साथै प्रदेशहरुमा तल्ला कमिटीहरुको एकीकरणका लागि कार्यदलहरु बनेका छन् र कतिपयले आफ्नो काम गरिरहेका छन् । तर, केन्द्रबाटै स्पष्ट निर्देशन नगएका कारण प्रदेश र जिल्ला कमिटीहरु बन्न सकिरहेका छैनन् ।

नेकपाका नेता देवेन्द्र पौडेलले अनलाइनखबरसँग भने- ‘प्रदेश कमिटी कत्रो बनाउने भन्ने केन्द्रले नै टुंगो लगाउनुपर्ने हुन्छ, त्यो माथिबाटै टुंगो नलागेसम्म तलका कामहरु अवरुद्धजस्तै भइरहेको अवस्था छ । अब अध्यक्ष प्रचण्ड नेपाल फर्किएपछि करिब एक साताभित्रमा प्रदेश कमिटीहरुको संरचना केन्द्रले निश्चित गर्ने र काम अघि बढ्ने पौडेलले जानकारी दिए ।

नेकपाका एकजना नेताले अनलाइनखबरसँग भने- ‘प्रचण्डजी नभएका बेला कुनै निर्णय गर्दा अविश्वास र विवाद बढ्न सक्ने भएकाले पार्टीका कुनै पनि काम प्रचण्ड स्वदेश फर्किएपछि मात्रै अगाडि बढ्नेछन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली चीन र प्रचण्ड सिंगापुर गएका बेलामा पार्टीको कार्यबाहक नेतृत्व माधव नेपालले सम्हालेका थिए । तर, पार्टी यतिबेला संस्थागत निर्णयमा भन्दा पनि दुई नेताको निर्णयमा मात्र चल्ने भएकाले प्रचण्ड र ओली वा दुईमध्ये एकजना मात्र अनुपस्थित हुँदा समस्या देखिएको नेताहरु बताउँछन् ।अनलाईनखवरवाट ,

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्