काठमाडौ- नेपाली काँग्नेसका जिल्ला सभापतिहरुकाे दिने भेला अाज(मंगलबार) देखि हेटौडामा शुरु भएको छ ।

असार ५ गते देखि ७ गतेसम्म चल्ने  जिल्ला सभापतिहरुको भेलामा काँग्रेसका कमी कमजाेरी र पार्टीलाई कसरी सुदृढीकरण गर्ने भन्ने  विषयमा छलफल हुने छ । तर केन्द्रीय नेताहशरु भने  अा- अाफ्नै समूहकाे समूह एजेण्डासहित प्रस्तुत गर्ने रणनीतिमा छन ।


सभापतिको भेलालाई आफ्नो पक्षमा पार्नका लागि पार्टी सभापति सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला समूहले विशेष रणनीति निर्माण गरी प्रस्तुत भएका छन्।

सभापति देउवा समूह उक्त भेलामा आफ्ना कमजोरी ढाकछोप गर्दै अगाडि बढ्ने रणनीतिमा छ भने पौडेल समूह देउवाको आलोचना गर्दै उक्त समूहलाई खुम्च्याउने रणनीतिमा लागेको छ।

त्यस्तै देउवा र पौडेल पक्षबाट असन्तुष्ट महामन्त्री कोइराला पक्षले देउवा–पौडेल दुवैको आलोचना गर्दै आफूलाई स्थापित गर्ने रणनीति बनाएका छन्। गत स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनको परिणामलाई लिएर मुख्य नेतृत्वलाई दबाब सिर्जना गर्ने रणनीतिमा युवा नेताहरु लागेका छन्।

पछिल्लो समय पौडेल समूहसँग मिलेर नेतृत्वको बिपक्षमा लागेका नेता कृष्णप्रसाद सिटौलाले युवाहरलाई समेटने प्रयत्न गरेका छन्। उनको समूहमा पार्टीमा युवा वर्गका गगन थापा र प्रदीप पौडेल जस्ता जुझारु नेताहरु देखिन्छन्।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्