श्रद्वाञ्जली दिददै डा बाबुराम भट्टराई । फोटो अनलाइनखबर

दिवंगत बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले मंगलबार बाँसबारी स्थित  न्यूरो अस्पतालमा अन्तिम श्रद्वाञ्जली दिएका छन ।  क्यान्सर रोगबाट पीडित वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको उपचारको क्रममा सोमबार साझ मृत्यू भएको थियो ।

 

अन्तिम  श्रद्वाञ्जली दिन मृतक देवकोटाकाे पार्थिव शरीर अस्पताल प्रांगण राखिएको छ । देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको छ । परिवारका सदस्यहरुका अनुसार डा. देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, सभामुख कृष्णबहादुर महरा, नयाँ शक्तिका अध्यक्ष डा। बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, पूर्व सभामुख मुवासचन्द्र नेम्वाङ, पूर्वअर्थमन्त्री विष्णु पाैडेल, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला लगायतले देवकोटालाई श्रद्धाञ्जली दिएका छन् । नेपाली काँग्रेसका नेताहरु भने हेटौडामा रहेका कारण उपस्थित हुन सकेका छैनन ।

मृतक देवकोटाको अाजै उनैको इच्छा अनुसार विद्युतिय शवगृहमा अन्तिम दाह संस्कार गरिने छ ।  उनको काजप्रिया श्रीमती डा मधु दीक्षित देवकोटा र छोरीहरु मेधा बसुधा र मञ्चरीले गर्नेछन ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्