काठमाडौं, २२ भाद्र २०७६ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।

यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको समितिले जानकारी दिएकाे छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्