एजेन्सी, २१ भाद्र २०७६ । विश्वका दुई महाशक्ति चीन र अमेरिकाबीच पछिल्लो समय चलेको सैन्य प्रतिस्पर्धाले अहिले नै गम्भीर मोड लिइसकेको छ ।  त्यसमा पनि आर्टिफिसियल–इन्टेलिजेन्स, एआइ अन्तर्गतका हतियार सबैभन्दा चिन्ताजनक विषय मानिएको छ ।

दुईवटै देशले सैन्य प्रविधिमा अनगिन्ती रकम खर्च गरिरहेका छन् जसमा युद्धको परिस्थितिमा सुझाव दिन सक्ने सफ्टवेयर जडान एआई रोबोट पनि पर्दछ । र, दुवै पक्ष प्रविधिको यस खेलबाट पछि हट्न चाहँदैनन् । गत महिना मात्र पेन्टागनका विशिष्ट अधिकारीले भविष्यमा आफ्ना सम्भावित विरोधीहरुका आधुनिक उपकरणसँग खालि हात सामना गर्नुपरेको अमेरिकाले कहिल्यै हेर्न नचाहने बताएका थिए ।

एआईयुक्त हतियारले पक्कै पनि मानवभन्दा धेरै गुणा तीव्र गति र शुद्धता प्रदान गर्न सक्छ ।

तर तिनमा शक्तिको सन्तुलन बिगार्ने क्षमता पनि छ । जस्तै कि सैन्य लाभ हासिल गर्ने प्रलोभनकै कारण सेनाहरुले प्रविधिलाई आफ्ना निर्णयमा सुझाव दिने अधिकार दिँदै गर्दा तिनले आदेश दिने अनुमति पनि पाउनेछन् ।

जसको परिणाम निश्चित रुपमा अत्यन्तै भयानक हुन सक्छ । मान्छे भन्दा चाँडो सोच्न सक्ने एआइयुक्त निर्देशन प्रणालीले कुटनीतिक समाधानबारे एकपटक पनि विचार नगरि मिसाइल लन्च गराइदिन सक्छ । त्यस्तै एआइ प्रणालीमा हेरफेर गरिएका डाटामार्फत् ह्याक हुन सक्ने वा झुक्याइने जोखिम पनि उत्तिकै उच्च छ ।

यसरी २० औँ शताब्दीमा विश्व सैन्य प्रविधिमा केन्द्रित भइरहँदा विश्वलाई अझ सुविधायुक्त र सुरक्षित राख्न एआईको सहायतातर्फ जोड दिने क्रम पनि बढिरहेको छ । तर यो नयाँ प्रविधि भएता पनि यसको प्रयोग सीमित रहेकाबारे धेरै राष्ट्र जानकार छैनन् । जस्तै आणविक बम खसाल्न सहमतिमा आउने विषयमा एआई प्रविधिले दुवै पक्षलाई अकल्पनीय क्षति पुर्याउन सक्छ ।

वास्तवमा यो प्रणाली अत्यन्तै जटिल भएकाले पनि दुर्घटनाका जोखिम धेरै छन् ।

तर पनि अझै एआइका खतरा पारदर्शी र स्पष्ट छैनन् । हुन त कुनै पनि हतियार औपचारिक अनुमतिबिना प्रयोग गर्न नपाइने नियम हुन्छ । तापनि एआइ प्रणालीको भरमा सैन्य बललाई छाड्नुले थुप्रै अप्रत्याशित दुर्घटना निम्त्याउन सक्छ ।

यसरी निष्पक्षता, मान्छेको जीवनको मूल्य र प्रविधिलाई मूर्ख बनाउन सक्ने सम्भावनालगायतका सिद्धान्तबारे एआई पनि अत्यन्तै स्पष्ट हुनपर्छ त्यसैले एआइ हतियारहरुलाई सुरक्षित राख्न यथासम्भव तिनलाई व्याख्यात्मक प्रकृतिको बनाउनुपर्ने विज्ञहरु बताउँछन् ।

ताकि मान्छेले पनि उनीहरुको निर्णय गर्ने तरिका र प्रक्रियाबारे सजिलै बुझ्न सकून् । यसरी पछिल्लो समय पश्चिमका थुप्रै कम्पनीहरुले व्यावसायिक प्रयोजनका लागि एआइ उपकरण विकसित गरिरहेका छन् । जस्तै आफैँ चल्ने गाडी, अनुहार पहिचान प्रणालीको परीक्षण गरिरहेका कम्पनीहरु अहिले नै ती विशेषता सुनिश्चित गरिरहेका छन् ।

तर सैन्य वातावरणमा भने सबै घटनाको गति अत्यन्तै द्रुत र अस्पष्ट हुन सक्छ । दुई देशबीच तिव्र प्रतिस्पर्धा भएमा अस्थायी लाभ हासिल गर्न यस्ता जोखिमप्रदायक कुराबाट तिनको ध्यान हट्न सक्छ ।

हालसम्म पनि एआइ हतियारका खतरालाई गम्भीरतापूर्वक हेरिएको एकदम कम संकेत देख्न सकिन्छ । त्यसैले मानव कल्याणको जिम्मेवारी र युद्ध भूमिलाई कम्प्युटरको हातमा छाड्नुले विश्वलाई झन खतरनाक स्थलमा परिणत गराउने निश्चित छ ।  द इकोनोमिस्ट

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्