काठमाडौँ, २०७६ साल भाद्र २० गते शुक्रबार । ‘सरकारको प्रतिवद्दता मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको एकेवद्दता’

सामुदाय प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको आयोजनामा जनचेतना मुलक -याली सम्पन्न भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा “सरकारको प्रतिबद्धता : मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको एक्यबद्धता” भन्ने मुल नारा सहित जनचेतना मुलक -याली सम्पन्न गरिएको हो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोपाल कृष्ण श्रेष्ठको सभापतित्वमा, माननीय सभासद कृष्ण गोपाल श्रेष्ठको प्रमुख आथित्यतामा, कालिमाटी वृत प्रमुख रुगम बहादुर कुवर , वडा नं १२, १३ र १४ का प्रतिनिधिहरु, १० वटा भन्दा बढी स्कुल तथा कलेजका शिक्षक तथा बिधार्थी भाइबहिनीहरू, बिभिन्न संध संस्थाका प्रतिनिधि, समाजसेबी, स्थानीय बासिन्दाको बाक्लो सहभागिता रहेको थियो ।

मानव बेचविखन तथा ओसारपसार सम्बन्धी अपराध सभ्य समाजको बाधक तत्व रहेको बताउँदै यस्ता सामाजिक कलंकको रुपमा मौलाएको अपराध नियन्त्रण तथा रोकथामका लागि सरकार, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, विकास साझेदारीका पात्रहरु, नागरिक समाज, मानव अधिकारकर्मी, संचारकर्मी, लगायत सम्पूर्ण सरोकारवालाहरु एकजुट भएर आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न मानव वेचबिखन तथा ओसारपसार नियन्त्रणले ठोस योगदान दिन सक्ने भएकोले यसको नियन्त्रणको लागि सवै क्रियाशिलता, सामूहिक प्रयास र पहल आजको आवश्यक रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्