गोरखा, भाद्र २० गते शुक्रबार । सिरानचोक गाउँपालिका वडा नं-७ स्थित जनकल्याण मा. वि प्राङ्गणमा सिरानचोक गाउँपालिका स्तरीय अन्तर मा.वि ” विपद् व्यवस्थापन तथा न्यूनीकरणमा युवा वर्गको भुमिका ” विषयक वतृत्वकला प्रतियोगीता सम्पन्न भएको छ |

नेपाल रेडक्रस सोसाइटी, श्रीनाथकोट उपशाखाको आयोजनामा, श्री जनकल्याण मा.बि. जुनियर युवा रेडक्रस सर्कलको सह-आयोजनामा, सिरानचोक गाउँपालिका तथा जिल्ला शाखा गोरखा र प्रयास-२ परियोजना गोरखाको सहयोगमा “५७ औ नेपाल रेडक्रस सोसाइटीको स्थापना दिबस” २०७६ को पावन अवसर पारेर प्रतियोगिता आयोजना गरिएको थियो ।

उक्त प्रतियोगितामा बलराम ढकालको सभापतित्वमा, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख आथित्यतामा, सिरानचोक गाउँपालिकाका वडा न ७ का वडा अध्यक्ष सुरज ढकालको विशेष आथित्यतामा, जिल्ला शाखा सभापति भगवान बाबू मास्केको विशिष्ट  आथित्यतामा , विभिन्न संघ संस्थाका प्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि, समाजसेबी, बिधार्थी, अभिभाबक, स्थानीय बासिन्दाको उपस्थितिमा उक्त कार्यक्रम समापन भएको थियो ।

दश विधालय सहभागी रहेको उक्त प्रतियोगितामा संसारी मा वि का खालिद मियाँले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको थियो । त्यसैगरी, जनज्योति मा वि की विपिना उपरकोटी द्रितिय स्थान हासिल गर्न सफल हुनु भएको थियो । त्यसैगरी, परोपकार आदर्श मा वि की अंकिता दवाडीले तृतीय स्थान हासिल गर्न सफल हुनु भएको थियो । उनीहरुलाई क्रमश : ५ हजार, ३ हजार, २ हजार र एक हजार रुपैयाँ नगदराशी पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु गुरुङ, रेडक्रस जिल्ला शाखा सभापति भगवान मास्के, गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र पोख्रेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्