गोरखा, २० भाद्र २०७६ । गोरखा कारागारमा रहेका कैदी बन्दीहरुको आज आँखा जाँच गरिएको छ । लायन्स क्लव अफ गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाको संयुत्त आयोजनामा गोरखा कारागारमा रहेका पुरुष तथा महिला कैदी बन्दीहरुको आँखा जाँच कार्यक्रम भएको गोरखा लायन्स अफ गोरखाका अध्यक्ष अच्यूतलाल श्रेष्ठले बताउनुभयो ।

कारागारमा रहेका बन्दीहरुलाई बाहिर ल्याएर आँखा जाँच गराउदा समस्या हुने भए पछि कारागार भित्रै उत्त सेवा दिईएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

धमेन्द्र घोडासैनी सहितको स्वास्थ्यकर्मीको टोलीले कारागार भित्र रहेका ९६ पुरुष र ९ महिला गरी कुल १ सय ५ जनाले आँखा जाँच गराएको गोरखा कारागार प्रशासनले जानकारी दिएको छ ।

आँखा जाँचका क्रममा २ जनालाई मोतिबिन्दु भएकोले तत्कालै अप्रशेन गनुपर्ने देखिएको गोरखा लायन्स आई सर्जिकल सेन्टरले जानकारी दिएको छ । जाँचकै क्रममा ११ जनालाई चश्मा लगाउन सिफारीस गरीएको छ भने अन्य सबैलाई सामान्य समस्या भएको जानकारी दिएको छ ।

नि:शुल्क आँखा जाँच गरीएको गोरखा कारागारका बन्दीहरुलाई आवश्यक औषधी पनि उपलब्ध गराईएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारी, राष्ट्रिय अनुसान्धानका प्रमुख, शसत्र प्रहरी बल गोरखाका प्रमुख, लायन्स क्लव अफ गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्