जापान, १९ भाद्र २०१९ । जापानमा बिहिबार बिहान यात्रु बहाक रेल दुर्घटना भएको छ । रेल र समान बोकेको ट्रक एक आपासमा ठोक्किदा कम्तिमा ३२ जना घाइते भएका छन् ।

जापानको राजधानी टोकियो नजिक योकोहामा शहरको कानागावा सिम्माची र नाकाकिदो रेल स्टेशनको बिचमा केइक्यु लाइनको रेल दुर्धटनामा परेको थियो ।

प्रहरीलाई उद्रित गर्दै एनएचके टेलिभिजनले उल्लेख गरे अनुसार रेल कुद्रे लिगमा अकस्मात फलफुल बोकेको ट्रक आएपछि रेल र ट्रक एक आपसमा ठोक्किन पुगेको थियो ।

जापानी टाइम्स अनलाइनले भने रेल दुर्धटना बिहान ११ बजेर ४० मिनेटमा रेल र ट्रक ठोक्किए पछि रेलको अधिल्लो भागमा आगो लागेर धुवाको मुस्लो उडेको जनाएको छ ।

ट्रकका चालक गम्भीर धाइते भइ अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान गर्न एक विशेषज्ञ टोलि धटनास्थल तर्फ पठाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्