काठमाडौं, १९ भाद्र २०७६ । सिंहदरबारमा बुधबार नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग नेपाल पत्रकार महासंघका पदाधिकारीको सामूहिक भेटवार्ता भएको छ । उक्त भेटमा मन्त्री बाँस्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न पत्रकार महासंघलाई आग्रह गरेको छ ।

उहाले जे राम्रो गर्ने हो त्यसलाई निष्कर्षमा पुर्‍याउन महासंघले विरोधको वक्तव्य नभइ बहसमै उत्रनुपर्ने जनाएका छन् । मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडिया हाउसलाई पुनः सचेत पनि गराएका छन् ।

उहाले न्यूनतम पारिश्रमिक लागू गराउन एक वर्षयता पहल गरिरहे पनि त्यसमा सफलता प्राप्त गर्न नसकेकोमा आफू दुखित रहेको बताएका छन् । ठूला मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गराउन अटेर गरेकोप्रति उहाले आपत्ति जनाएका छन् ।

कार्य क्षेत्रमै दूर्घटनामा परेका पत्रकारहरुलाई विशेष व्यवस्था हुनेगरी कानुन बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले त्यसलाई समृद्ध बनाउने विषयमा नेपाल पत्रकार महासंघबाट ठोस प्रस्तावको अपेक्षा गरिएको जनाएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्