दक्षिण कोरिया, भाद्र १९ गते बिहिबार । दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कोरियाका राष्ट्रिय सभा अध्यक्ष मुन हि-साङ  (Moon Hee-Sang) बीच भेटवार्ता भएको छ ।

कोरियाका राष्ट्रिय सभा अध्यक्षको कार्यालयमा भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध मित्रता, समझदारी र दुईपक्षीय सहयोगको आधारमा अगाडी बढिरहेको बताउनुभयो । दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउँदै उहाँले कोरियाले नेपाललाई गरिरहेको सहयोगको प्रशंसा गर्नुभयो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले हजारौं नेपाली रोजगारीको सिलसिलामा कोरियामा रहेको र उनीहरुले आम्दानीसँगै प्रविधि सिकेर नेपालमा प्रयोग गर्ने अपेक्षा गर्नुभयो । उहाँले नेपाल र कोरियाको संसदबीचको अभ्यास र अनुभव आदनप्रदानका लागि समय समयमा संसदीय भ्रमण आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी, कोरियाका राष्ट्रियसभा अध्यक्ष मुनले नेपाल उर्जावान देश भएको बताउनुभयो । कोरियाका राष्ट्रपति मुन जायी इन (Moon Jae-In) सन् २०१५ को भूकम्प पश्चात गरी तीन पटक नेपाल भ्रमण गरेको स्मरण गर्दै उहाँले नेपाल धेरै मन पराउने जानकारी गराउनुभयो ।

उहाँले कोरियाले लोकतन्त्र स्थापनको छोटो समयमा विकास र प्रविधिमा अगाडि बढेको बताउँदै भन्नुभयो, विकासप्रतिप्रतिबद्ध भइयो भने अगाडि बढ्न सकिन्छ । कोरियाको प्रविधि र नेपालका मिहिनेति जनताबाट समृद्धी तथा प्रगति हुन सक्छ । भन्नुभयो ।

अध्यक्ष मुनले कोरियामा नेपाली कामदार धेरै भएकाले कोरिया नेपालीको दोस्रो घर भएको बताउँदै नेपाललाई सहयोग गर्न कोरिया तत्पर रहेको धारणा राख्नुभयो ।

तिमिल्सिना र उपविदेशमन्त्री बीच भेट

यसैबीच नै अध्यक्ष तिमिल्सिना र कोरियाका उपविदेशमन्त्री हि साङ (Hee-Sang)  बीच भेटघाट भएको छ । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा कोरियाको निरन्तर सहयोगका लागि आभार प्रकट गर्नुभयो ।

उहाँले ईपीएस प्रणालीमार्फत कोरियामा रोजगारीका लागि आएको र त्यसबाट दुई देशको अर्थव्यवस्थामा  सकारात्मक भूमिका खेलेको बताउनुभयो । सोही क्रममा उपविदेशमन्त्री साङले कोरियाको पहिलो प्रथामिकतामा नेपाली कामदारलाई राखेको जानकारी दिँदै दुई देशको सरकारी र जनस्तरको सम्बन्ध सुमधुर रहेको धारणा राख्नुभयो ।

उहाँले नेपालको विकासमा कोरियाको संधै सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ, यो अभियानमा कोरियाको सहभागिता र सकारात्मक सहयोग रहन्छ । उहाँले भन्नुभयो ।

उहाँले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा कोरियाको सहयोग रहेको बताउँदै बाँकी काम छिटो सक्न अध्यक्ष तिमिल्सिनामार्फत नेपाल सरकारलाई आग्रह गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्