मेरो मन भित्र को प्यारो सानु💓
मुटुभरीको सम्झना अनि अबिछिन्न मायाको लहर सानु💓

लगभग दुई बर्षको हाराहारी भयो । हाम्रो मित्रताको रथ गुडेको याद छ । ती सबैपलहरु याद छ । ती सबै परिस्थितिहरु अनि ति मिठा क्षणहरु म कसरी भुल्न सक्छु र रंगिन रातका संगीन कुराहरू मन भरी यसरी मडारिएको छ कि जस्तो बर्खायामको कालो बादल मडारिरहेको होस ।

सानु तिमिले दिएको अनुपम पलहरु अनुपम साथहरु आँखा भरी झलझली आएको छ मन भरी छताछुल्ल भएर पोखिएको छ ।

सानु तिमिले मलाइ आफ्नो जीवन साथी भन्दा माथि र मैले तिमिलाई पनि जीवन साथी भन्दा माथी राखेर हरेक कुरा शेयर गरेका थियौ ।

खुब रमाएका थियौ तर आज एकाएक जीवन मा यस्तो मोड आइदियो जुन म कल्पना सम्म पनि गर्न सक्दिन ।

सायद मानिस परिस्थिति को दास हो समय सापेक्ष चल्नुपर्छ प्यारो सानू ।

अब हरेक दिन तिम्रो मेसेन्जरको हरियो बलेको बत्ती हेर्दै तिमी अनलाइन छौ है भन्दै चित्त बुझाउने छु । सानू तिमिले के कति खुशी बटुल्न सक्यौ मलाई थाह भएन तर मैले यो अबधिमा आफुलाई जिबनकै सबैभन्दा ठूलो खुशी प्राप्त गरेको पल सम्झिएको छु ।

यो खुशी मेरो मनको कुनै कुनामा अति सुरक्षीत भएर रहनेछ ।

सानुलाई अप्ठ्यारो पार्ने मेरो कुनै आशय होइन र छैन पनि तिम्रो अनबरत खुशी नै मेरो खुशी हो तिमी म सग नबोलेर नै खुशी हुन सक्छौ भने म सदा सदा नबोली बसिदिन सक्छु हामी बिच भएको कुराकानी लाई कहिलेकाही आफै सम्झिएर त्यसैमा रम्न सक्छु सानू …….

बस मेरो इच्छा यत्ती हो कि तिमी खुशी हुनुपर्छ । सानु अब सायद ती दिनहरु आउदैन होला तर पनि तिमिले मेरा अनबरत यात्रामा आउने केही सुखदुःख को पल लाई केहि समय खर्च गरिदिनु यसैमा म खुशी हुनेछु ।

यदि त्यो पनि सम्भव नभए मेरो कुनै गुनासो भने रहने छैन सानु तिमिलाइ दिने माया मा कुनै कमि आउन दिने छैन माया त झनै बढी रहेको अनुभुती भएको छ ।

जिबनको सारा दुख हरु मैले शेयर गरेकै छु तिमी लाई । मेरो सानु यो नसोच्नु कि अब सम्बाद बन्द भयो सारा कुरा बन्द भए पनि भावानात्मक रुपमा म निरन्तर तिमी सङै हुनेछु मृत्युको अन्तिम पल सम्म पनि तिमी सग गरिएका यी मिठा कुराकानी मेरो मनमा रहनेछ र म कसैलाई पनि शेयर गर्ने छैन ।

मेरो धड्कन मेरो सानु यो जुनि मा हामी एक अर्काको हुन सक्दैनौ । त्यो हामी दुबैलाई थाह छ हामी दुबैले आफ्नो परिवारको उच्च सम्मान अनि ख्याल गर्नुपर्छ भन्नेमा दुइमत छैन तर सानु अर्को जुनिको मलाई आशा लाग्दैन? तर यदि हुन्छ भने तपाई मेरो भएर जन्मनु ल मेरो सानू मिस यु शुभ पल तिम्रो हरेक पल शुभ रहोस ।

प्रस्तुत पत्र निन्तात काल्पनिक हो कसैको जीवन सङ मेल खान गएमा संयोग मात्र हुनेछ ।

कौशिला थापा
पालुङटार तल्लोफाट
गोरखा

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्