काठमाडौं, १८ भाद्र २०७६ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यका कारण विश्राम लिन सुझाव दिएका छन् ।

संसदमा प्रधानमन्त्रीले नियमित रूपमा विदेश जानुपर्ने र सरकार सञ्चालनमा सक्रिय हुन नसकेको भन्दै सो सुझाव दिएका हुन् ।

संसदमा थापाले भने, ‘नेकपामा प्रधानमन्त्री बन्न चाहने, भइसकेका नेता एक से एक हुनुहुन्छ । अस्वस्थ शारीरिक अवस्थामा पनि प्रधानमन्त्रीज्यूलाई शासन सञ्चालनमा सहभागी गराइनु मानवीय हिसाबले पनि उचित होइन, उहाँलाई विश्राम लिन सुझाव दिऔँ ।’

प्रधानमन्त्री ओलीलाई नेकपाका नेता कार्यकर्ताले अभिभावकको रूपमा ‘बा’ सम्बोधन गर्ने गरेको भन्दै थापाले भने, ‘बा किन विश्राम लिन चाहनुहुन्न ? बा विश्राम लिनुहोस् भन्न किन सक्नुभएको छैन । यो गल्ती हामीले पनि गऱ्यौं, अब नदोहोऱ्यौं ।’

उनले प्रधानमन्त्रीको इच्छाशक्तिको सम्मान गर्दै भने, मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको सक्रियता, इच्छाशक्ति र योगदान संसारका लागि नमुना बनोस् ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्