काठमाडौं, १८ भाद्र २०७६ । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संस्थाहरुकोे म्याद ६ महिनाका लागि थप गरेको छ । मंगलबार राति सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले कार्यकाल सकिएका भ्रातृ संस्थाहरुको म्याद थप्ने निर्णय गरेको हो ।

म्याद थपिएको अवधिसम्म म्याद सकिएका भ्रातृ संस्थाहरुका वर्तमान कार्यसमितिहरु अधिवेशन तयारी समितिका रुपमा रहने र उनीहरुले थपिएको समयावधिभित्रै अधिवेशन गरिसक्नु पर्ने बताइएको छ ।

केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरुको कार्यकाल छ महिना थप गर्ने निर्णय गर्दै मापदण्ड निर्माणका लागि केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

कांग्रेसका १३ भ्रातृ संस्थामध्ये अधिकांशको कार्यकाल समाप्त भइसकेको छ । कार्यकाल समाप्त हुने भ्रातृ संस्थामा नेपाल दलित संघ, नेपाल किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज रहेका छन् ।

कांग्रेसले दुई पटक थपिएको म्यादभित्र पनि अधिवेशन गर्न नसकेको भन्दै गत माघमा नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति भंग गरेको थियो । केन्द्रीय समिति भंग भए पनि नेतृत्वबीच भागबण्डा नमिल्दा नेविसंघले नयाँ नेतृत्व पाउन सकेको छैन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्