फ्रान्स, १८ भाद्र २०७६ । गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीको सभापतित्वमा गोर्खाली समाज फ्रान्सले एक कार्यक्रमकाबिच खेलाडीहलाइ सम्मान तथा BBQ  कार्यक्रम सम्पन्न गरेको छ ।

पेरिसको लाकुर्नब पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा गोर्खाली समाज फ्रान्सका सम्पूर्ण खेलाडी, कलाकार र बिभिन्न समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

खेलाडीहरुलाई कदर पत्रका साथै खादा ओढाई सम्मान गरिएको थियो । BBQ को माजा लिदै सम्पूर्ण नेपालीहरु हर्षित देखिएका थिए ।

समाजका महा-सचिब राजेन्द्र बाबु श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो ।

नेपाली लोक संस्कृति झल्कने गित गुञ्जयमान हुनुको साथै समाजका सास्कृतिक संयोजक समेत रहनु भएका सक्रिय सदस्य कलाकार एबम कबि सुजन राज भट्टले कबिता वाचन गरी उपस्थित महानुभाबहरुलाई मनोरंजन दिनु भएको थियो ।

कार्यकमको समापन गर्नु हुदै अध्यक्ष सुरेन्द्र काप्रीले खेलाडी राष्ट्रका गहना हुन्, यस प्रकारका कार्यक्रमले आगामी दिनहरुमा खेलाडी एवं कलाकारको मनोबल बढ्दै जाने भएको हुदा उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्