काठमाडौं, १७ भाद्र २०७६ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भदौ २० र २१ गते प्रदेश नं ३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेश नं ३ मा दुई स्थानमा प्रशिक्षण आयोजन गर्ने पूर्वनिर्णय अनुसार कांग्रेस भक्तपुरको संयोजन तथा व्यवस्थापनमा मध्यपुर ठिमी नगरपालिका ९, वोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा प्रशिक्षण कार्यक्रम हुने भएको हो ।

भदौ २० गते बिहान १० बजे प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको पार्टी केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए । प्रशिक्षणमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।

प्रदेश नं। ३ का बाँकी छ जिल्लाहरु रसुवा, नुवाकोट, धादिड।, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रम आयोजन गरिने सचिव आचार्यले जानकारी दिए ।

प्रदेश १ को धनकुटा र मोरड, प्रदेश २ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिहरुका लागि केही समयपछि प्रशिक्षण मिति तय गरिने उनको भनाइ छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्