जापान, १७ भाद्र २०७६ । दलित एकता समाज ,जापानले चर्चित लोक दोहोरी गायिका टिका सानु लाई जापान को शहर टोकियोमा सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा दलित एकता समाज ,जापानका संरक्षक तथा गोरखा समाज ,जापानका सल्लाहाकार समेत रहनु भएका धन बहादुर बि क र अध्यक्ष गणेश रिजालले खादा ओढाएर  सम्मान गर्नु भएको थियो ।

धादिङ समाज जापनका अध्यक्ष कृष्ण खनाल अतिथिको रुपमा पाल्नु  भएको थियो । उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा समाजका संरक्षक धन बहादुर बि क ले दलित समुदायहरुले पनि आफ्नो कला ,सिप र संस्कृती को संरक्षण गर्दै आफ्नो हक ,अधिकार  र पहिचान को लागि लडन पर्ने बेला आएको छ । जब सम्म हाम्रो समाज मा गलत संस्कार ,संस्कृती, जातिय छुवाछूत र भेदभाव जस्ता अमानवीय व्यवहार र प्रवृत्तीहरु रहि रहन्छन् तव सम्म समतामुलक समाजको परिकल्पना पनि गर्न सकिदैन  ।

नेपालको कुल जनसंख्या को २०% जनसंख्या  रहेको दलित  समुदाय  एकजुट भएर लडे मात्र अधिकार लिन सकिने र जस्तो सुकै परिवर्तन पनि गर्न सकिन्छ  ।

अव नेपालमा मात्र होइन प्रबासमा रहेका सम्पूर्ण दलितहरु पनि एकजुट भै साझा धारणा बनाएर सक्रिय हुदै अगाडि बड्नु पर्ने बेला आएको छ ।

पहिला आफु, परिवार हुदै  अनि आफ्नो  समुदाय समृद्द बन्यो भने मात्र समाज अनि  राष्ट्र समृद्द बन्छ भन्दै आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम को सभापतित्व गणेश रिजालले गर्नु  भएको थियो । सो कार्यक्रम सुर्य बराइलीले संचालक गर्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्