गोरखा, १७ भाद्र २०७६ । बेल्जियम गोरखा समाजका अध्यक्ष एवम् समाजसेवि राम घलेद्वारा आरुघाट गाउपालिका स्थित केरौजा स्वास्थ्य चौकी मान्बु १ लाई यहि भाद्र १४ गते शनिवार आरुघाट गॉउपालिकामा एक कार्यक्रम गरि एम्बुलेन्स हस्तान्तरण गरिएको गर्नु भएको छ ।

उक्त अबसरमा गाउँपालिका अध्यक्ष पूर्ण दाहाल , उपाध्यक्ष कल्पना नेपाली नेपाली कांग्रेस गोरखा पाटी सचिब नन्द प्रसाद न्यौपाने स्वास्थ्य समितिका प्रमुख एवम् वडा नं १ अध्यक्ष शेरबहादुर घले त्यसै गरि वाड नं २ वडा अध्यक्ष सोम घले तथा एम्बुलेन्स संचालन तथा व्यवस्थापन समितिका प्रमुख ओमहरि घलेको उपस्थितीमा एम्बुलेन्स हस्तान्तर गरिएको हो ।

सोहि अबसरमा बोल्दै गोरखा ने का सचिब नन्द प्रसाद न्यौपानेले सहयोगी मनहरुलाई बिशेष धन्यबाद दिदै दुर्गम ठाउमा स्वास्थ्यसंग प्रतक्ष सम्बन्ध रहने भएकाले एम्बुलेन्स हस्तान्तरणबाट मान्बु तथा आसपासको गाउँहरुलाई धेरै राहत पुग्ने र एम्बुलेन्सको सहि व्यबस्थापनको लागी आग्रह गर्नु भएको थियो ।

गाउँपालिका अध्यक्ष पूर्ण दाहालले प्रवासमा रहेर गाउँको बिकास को लागी सहयोग गर्नु हुने प्रति बिशेष धन्यबाद दिदै समग्र गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरणवाट ठुलो राहत पुगेको बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्