जापान, १६ भाद्र २०७६ । नेपालका राष्ट्रिय सभाका सासद रमेश जंग रायमाझीलाई जापानमा स्वागत गरिएको थियो | नेपाली जनसम्पर्क समिती जापान कान्तो समितीले एक समारोहकाबिच उहाँलाई स्वागत गरिएको थियो

समितिका  उपाध्यक्ष दिपेश के सि  को सभापतित्वमा कार्यक्रम सन्चालन गरिएको थियो ।

सोही अवसरमा नेपालको राजनीती तथा नेपाली जनसम्पर्क समिती जापानको बर्तमान अन्योलको स्थिति बारे छलफल भएको थियो ।

स्वागत तथा नेपालको बिधमान राजनीतिक अबस्थाबारे छलफल भएको थियो । सोहि अबसरमा जनसम्पर्क समिति जापानका अग्रजहरु लगायत बर्तमान कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती थियो ।

उक्त अबसरमा सुवास लोहोनी, डि पि कंडेल, भुपि गोबिन्द श्रेष्ठ, राजेन्द्र जम्मरकट्टेल ,रामजंग कार्की , एन आर एन ए जापान कि बर्तमान उपाध्यक्ष अनिता गुरुङ , पेम्वा लामा, कुमार कार्की लगाएत जनसम्पर्क समितिका नेता तथा कार्यकर्ता को उपस्थिती रहेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्